ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसपालि बर्खामा पनि उपत्यकामा मेलम्चीको पानी नियमित आउने


एबीसी न्यूज
१९ चैत्र २०८१, बुधबार   ६ : ५१   बजे

काठमाडौं २० चैत । मेलम्चीबाट वर्षायाममा पनि काठमाडौं उपत्यकामा पानी आउने भएको छ।

अस्थायी रुपमा हिउँदमा मात्रै आएको मेलम्ची आयोजनाको पानी बर्खाको समयमा पनि नियमित आउने भएको हो

२०७७ बाट काठमाडौंमा अस्थायी रुपमा पानी ल्याउन थालिएको थियो। २०७८ असार १ गते मेलम्चीमा आएको बाढीले ९० प्रतिशत काम सकिएको ‘इन्टेक’मा पूर्ण क्षति पुगेको थियो।
खानेपानी मन्त्रालयबाट भएको अध्ययनबाट पुरानो इन्टेक काम नलाग्ने र नयाँ बनाउनुपर्ने अध्ययनले देखाएको छ। नयाँ संरचना नबन्दासम्म अस्थायी रुपमै नियमित पानी ल्याउने मन्त्रालयले जनाएको छ।

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले आउने वर्षातमा मेलम्चीको पानी बन्द नहुने बताए।

‘हिउँदमा मात्रै आउने मेलम्ची खानेपानी अब बर्खामा पनि आउँछ’, सहसचिव दुवाडीले भने, ‘अहिलेको तुलनामा स्रोत केही कम हुनसक्छ तर विगतका वर्षमा जस्तो पानी पूर्ण रुपमा बन्द हुँदैन।’

मेलम्ची खानेपानी बोर्डका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र बहादुर पन्तले अस्थायी रुपमा पानी नियमित ल्याउने योजना रहेको बताए।

‘नयाँ कुनै संरचना बनेको छैन। अस्थायी रूपमै काठमाडौंका नियमित पानी ल्याउने योजना छ’, पन्तले भने, ‘वर्षातको समयमा सहायक स्रोतहरु थप गरी सुन्दरीजलमा पानी ल्याउने तयारी छ।’

उनले नयाँ संरचना नबन्दासम्म अस्थायी रुपमा पानी ल्याउने बताए। मेलम्चीबाट करिब दैनिक २० करोड लिटर पानी ल्याइरहेको थियो।

चैतको सुख्खायाममा मुहानमा पानीको मात्र कमी भएकाले हाल दैनिक १७ करोड लिटर पानी आइरहेको छ।

‘नयाँ इन्टेक बनाउनको लागि आर्थिक स्रोत जुटाउनुपर्छ’, पन्तले भने, ‘पुरानो इन्टेकको सट्टा नयाँ बनाउनुपर्छ। थप अध्ययन गरी निर्माण गर्न अझै ४–५ वर्ष तयार हुँदैन।’

२०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना पूरा नहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीबाट काठमाडौंमा उद्घाटन गराएका थिए।

मेलम्चीको पानी आउने विभिन्न ठाउँमा धारा बनाए पनि नियमित रुपमा आउनसकेको छैन।

खानेपानी मन्त्रालयको बजेट सिलिङ बढ्यो
आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयका लागि चालू आवमा २६ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

आगामी आर्थिक वर्षको लागि बजेटको सिलिङ बढाएर ३० अर्ब ५९ करोड रुपैयाँ पुर्‍याइएको छ।

मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई नै मुख्य प्राथमिकतामा राखेर कार्यक्रमहरू बजेट सूचना प्रणालीमा प्रस्ताव गरेको छ।

खानेपानी मन्त्रालयका योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख दुवाडीले भने, ‘मेलम्चीको पानी वर्षातको समयमा पनि काठमाडौं ल्याउने गरी कार्यक्रम प्रस्ताव गरिएको छ।’

बाढीले क्षति पुर्‍याएको मेलम्चीको इन्टेक अगाडी बढाउने, सुन्दरीजलमा साढे २५ सय लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण हुनेछ।

त्यसबाहेक काठमाडौंमा खानेपानी वितरण लाइनका लागि बजेटले प्राथमिकता दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

राहदानी विभागले तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन सेवाग्राहीलाई आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu