ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टोखाबाट बरामद २५ करोडका मालिक विवादित व्यापारी


एबीसी न्यूज
१९ चैत्र २०८१, बुधबार   ७ : ००   बजे

काठमाडौं २० चैत । टोखाबाट ट्रकमा बरामद भएको २५ करोड विदेशी मुद्राका मालिक नेपालकै विवादित व्यापारी भएको खुलेको छ। उक्त रकम सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ घर भई टोखा नगरपालिका १० महादेवटार हाइटमा बस्ने नारायण पौडेलले चीन पठाउन लागेको राजस्व अनुसन्धान विभागले पत्ता लगाएको छ।

विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेका अनुसार पौडेलले नै ट्रक चालकलाई उक्त रकम चीन लैजान भन्दै दिएका थिए।

पौडेल यसअघि पनि पटकपटक पक्राउ परेका व्यक्ति हुन्। नेकपा माओवादी केन्द्रनिकट व्यापारी २०८० असारमा जुवाखालबाट पक्राउ परेका थिए।

२१ वर्ष पहिले पनि उनलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो। उनी रक्तचन्दनको तस्करीमा समेत मुछिएका थिए। चीनबाट कपडाको व्यापार गर्दै आएका पौडेल पछिल्लो समय सुन तस्करीमा लागेको निष्कर्षमा विभाग छ।

यसअघि पक्राउ पर्दा उनलाई छुटाउन कान्छा भाइ राजकुमार पौडेलसहित सिन्धुपाल्चोकका माओवादी नेताहरुले दबाब दिएका थिए। यीनै राजकुमार ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा भोटेकोशी गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए। त्यति बेलैदेखि नारायण पनि माओवादीमा खुलेर लागेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताए।
उनका जेठा दाइ ध्रुव पौडेल भने २०५४ सालमा नेकपा एमालेबाट तत्कालीन वडाध्यक्षमा निर्वाचित भएका थिए। साइला भाइ बच्चु पौडेल हिमालयन सिमा पारको निवर्तमान अध्यक्ष हुन्। उनलाई कांग्रेस निकट भनिए पनि पार्टीको आधिकारीक पदमा भने नरहेको शेर्पाले बताए।
यसअघि ७ किलो सुनसहित यीनै चालकलाई प्रहरीले पक्राउ गरेपछि पनि राजकुमार केही समय सम्पर्कबिहिन भएका थिए।

उनलाई पक्राउ गर्न अदालतले अनुमति समेत दिइसकेको छ। राजस्व अनुसन्धान विभागले टोखास्थित निवासमा छापा मारेर केही कागजातहरू समेत नियन्त्रणमा लिइसकेको र पौडेल भने ट्रक चालक पक्राउ परेलगतै फरार भएको विभागले जनाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत ४ गते राति ट्रकमा युरो र अमेरिकी डलर गरी नेपाली रूपैयाँ २५ करोड १९ लाख २४ हजार ९५० रूपैयाँ बराबर बरामद गरेको थियो। त्यो रकमसहित भेटिएको ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका १ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका २ बस्ने फुच्चे भन्ने ४३ वर्षका कुसाङ लामा त्यतिबेलै पक्राउ परेका थिए। उनलाई अहिले पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

टोखा नगरपालिका २ झोरमा ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रकको बोनटमाथि फल्सबटम बनाएर लुकाएको अवस्थामा अमेरिकी डलर र युरो बरामद गरेको थियो।
ट्रकमा उक्त रकम लिएर कपडा किन्न चीन जान लागेको कुसाङले बताएका थिए। प्रहरीले भने यो रकम सुन तस्करीको भएको सुरुमै अनुमान गरेको थियो।

उक्त ट्रकमा १०० दरका अमेरिकी डलर ३ हजार ११९ थान, ५० दरका १७९ थान र ५०० दरका युरो ११ थान, २०० दरका ४८० थान, १०० दरका ४ हजार १४८ थान र ५० दरका १७ हजार १७७ थान बरामद गरेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले बताए। यसको नेपालीमा विनियम गर्दा करिब २५ करोड १९ लाख २४ हजार ९५० रूपैयाँ हुन आउँछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

बालेन–रवि सम्बन्धमा चिसोपन ? सुकुमवासीदेखि पासपोर्ट विवादसम्म पाँच मुद्दामा बढ्यो दूरी

सम्बन्धित

थाइल्याण्डको एक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

बालेन–रवि सम्बन्धमा चिसोपन ? सुकुमवासीदेखि पासपोर्ट विवादसम्म पाँच मुद्दामा बढ्यो दूरी

इरानमामाथि अमेरिकी आक्रमण जारी, हर्मुज क्षेत्रमा तनाव झन बल्झिंदै

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu