ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोठामा बसेर निर्देशन नदिन बालेनलाई उपमेयर सुनिता डंगोलको चेतावनी


एबीसी न्यूज
२० चैत्र २०८१, बिहिबार   ४ : १७   बजे

काठमाडौं २१ख चैत । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कोठामा बसेर निर्देशन नदिन प्रमुख बालेन साहलाई चेतावनी दिएकी छन् । प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिन बालेनले नगर प्रहरी परिचालन गरेपछि हरेक घटनाक्रबारे आफू जानकार रहेको भन्दै कोठामा बसेर निर्देशन नदिन मेयर साहलाई उनले चेतावनी दिएकी हुन्।

‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनुभएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबिच लडाईँ हुनु पनि राम्रो होइन ।’

महानगरवासीको हित चाहने सबै एकजुट हुनुपर्ने उनले बताइन् । ‘यो तमासा हामीले हेर्नुपर्ने रु मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौं । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’

नगर प्रहरीको अवरोधबीच अहिले मेयर साहबिनै बैठक बसिरहेको छ । अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर साहको चर्को आलोचना गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ साढे तीन महिनापछि कार्यालयमा हाजिर भएका छन् ।

गुरागाईंलाई कार्यालयमा हाजिर हुने वातावरण बनाई दिन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको एक महिनापछि अवरोधबीच हाजिर भएका हुन् ।

उनलाई कार्यालय पठाउन उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्ष र कर्मचारीले साथ दिएका थिए ।

मेयर बालेन साहले गुरागाईंलाई अवरोध गर्न नगरप्रहरी परिचालन गरे पनि अवरोध छिचोल्दै उनी कार्यालय प्रवेश गरेका हुन् । कार्यालय प्रवेश गरेपछि पनि ताला फोड्न लगाइएको थियो । मेयर बालेन भने कार्यालयमा छैनन् ।
संस्थाभित्र मनमुटाव हुन नहुने भन्दै प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भए कारवाही गर्न तयार रहेको उनले बताइन् । ‘त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन् । क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन ।’

काठमाडौं महानगरका प्रवक्ता नविन मानन्धरलगायत सबै वडाध्यक्षले पनि मेयर साहको चर्को आलोचना गरेका थिए ।

नगरप्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले ताला किन लगाएको भनेर प्रश्न गर्दा उनले गोलमटोल जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group