ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी अभियन्तासहित तीन जनाको धरौटी रकम बढी भएको सर्वोच्चको ठहर


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ७ : ४५   बजे

काठमाडौँ । सर्वोच्च अदालतले जेनजी अभियन्ता अजय सोडारी (पूर्णबहादुर बुढा) सहित तीन जनासँग काठमाडौँ प्रशासनले माग गरेको धरौटी रकम बढी भएको ठहर गर्दै प्रशासनको निर्णय बदर गरेको छ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका बुढा, प्रकाश बम र सुनिल विकलाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जनही एक लाख रुपैयाँ धरौटी माग गरेका थिए। तोकिएको धरौटी बुझाउन नसकेपछि उनीहरूलाई कारागार चलान गरिएको थियो।

धरौटी रकम बढी भएको दाबी गर्दै तीनै जनाको तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरिएको थियो। उक्त निवेदनमाथि न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सुनुवाइ गर्दै प्रशासनले तोकेको धरौटी रकम बढी र मनासिब नभएको निष्कर्ष निकालेको हो।

सर्वोच्च अदालतले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनीहरूमाथि लगाइएको अभियोग, कसुरको प्रकृति तथा गम्भीरता, निवेदकहरूको उमेर र उनीहरूलाई हुन सक्ने सजायलगायतका विषयलाई आधार मानेर एक लाख रुपैयाँ धरौटी माग गर्नु उचित नभएको ठहर गरेको छ।

सर्वोच्चको आदेशमा निवेदकहरूसँग माग गरिएको एक लाख रुपैयाँ धरौटी ‘बढी र मनासिब नदेखिएको’ उल्लेख गरिएको छ।

यससँगै सर्वोच्चले काठमाडौँका प्रमुख जिल्ला अधिकारीबाट यसअघि जारी भएको धरौटीसम्बन्धी आदेश उत्प्रेषणको आदेशमार्फत बदर गरेको छ।

पुनः पुर्पक्षसम्बन्धी आदेश गर्न परमादेश

सर्वोच्च अदालतले काठमाडौँका प्रमुख जिल्ला अधिकारीको कार्यालयलाई उनीहरूको हकमा पुनः पुर्पक्षसम्बन्धी आदेश गर्न परमादेशसमेत जारी गरेको छ।

तर सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्ने अवस्था भने नरहेको स्पष्ट गरेको छ। त्यसैले प्रशासनको अघिल्लो आदेश बदर गर्दै अब प्रचलित कानुनी व्यवस्था र सर्वोच्चको आदेशअनुसार उनीहरूको पुर्पक्षसम्बन्धी प्रक्रिया अघि बढाउन निर्देशन दिइएको हो।

सर्वोच्चको आदेशसँगै तीन जनासँग माग गरिएको एक लाख रुपैयाँ धरौटीसम्बन्धी प्रशासनिक निर्णय बदर भएको छ। अब उनीहरूको हकमा काठमाडौँ प्रशासनले सर्वोच्चको आदेशअनुसार नयाँ पुर्पक्षसम्बन्धी निर्णय गर्नुपर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

रास्वपा सचिवालय बैठक बस्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Asia Bolsters Local Oil, Gas Storage After Strait of Hormuz Crisis

Minneapolis Shooting Kills Two, Wounds Three Police Officers

Morocco’s Ruling Allies Clash Ahead of Election

Trump Threatens More Strikes as Iran Death Toll Rises to 18

Asia-Pacific Media Forum to Kick Off in Guangdong, China

विष्णु माझीको तीज गीत ‘घरबार’को म्युजिक भिडिओ सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu