काठमाडौं २२ चैत । नेपाल सुपर लिग एनएसएल फुटबलमा काठमाण्डौ रेजर्स र झापा एफसीले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजोको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अङ्क पुर्याएका छन् ।
जारी प्रतियोगितामा दुवै टोलीको यो दोस्रो बराबरी हो । यसअघि काठमण्डौले ललितपुर सिटी एफसीसँगको खेलमा २–२ गोलको बराबरी खेलेको थियो । झापाले भने बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।
एनएसएल फुटबलमा आज चितवन एफसी र बुटवल लुम्बिनी खेल्दैछन् ।
प्रतिक्रिया दिनुहोस्