ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रको जागरण अभियान आज बर्दियामा


एबीसी न्यूज
२१ चैत्र २०८१, शुक्रबार   ११ : ४६   बजे

काठमाडौं २२ चैत । हुलाकी राजमार्ग केन्द्रित तराई९मधेस जागरण अभियान अन्तर्गत माओवादी केन्द्रले आज बर्दिया जिल्लामा विभिन्न कार्यक्रम गर्दैछ।

अभियान अन्तर्गत अध्यक्ष प्रचण्डसहितका नेता शुक्रबार बिहानैदेखि विभिन्न कार्यक्रममा सहभागी भइरहेका प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्डसहितका नेताले आज बिहान मर्निङवाकसँगै बडैया तालको अवलोकन गरेका छन्। त्यसक्रममा प्रचण्डले बडैया तालको संरक्षण, सम्बद्र्धन र विकासमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रचण्डले बडैयाका सहिद परिवारसँग पनि भेटघाट र अन्तक्रिया गरेका उनको सचिवालयले जनाएको छ।

जनयुद्धको बेला तत्कालीन राज्यपक्षबाट बेपत्ता बनाएका शिवचरण थारुको घरमा पुगेर उनले शिवचरणका परिवार मगती थारु र स्थानीयसँग अन्तक्रिया गरेका हुन्।
त्यसक्रममा प्रचण्डसहितका नेताले कमलको फूलको पातमा थारु परिकारसहितको खाजा खाएका थिए। प्रचण्ड गएराति बडैया ताल ९५ का वडाध्यक्ष बलिराम थारुको बास बसेका थिए।

गत फागुन १२ गते नेपालकै सबैभन्दा होचो भूभाग झापाको कचनकवलबाट अभियान सुरु गरेको थियो।

अभियान अन्तर्गत अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, बाँके लगायतका जिल्लामा अभियान सम्पन्न भइसकेको माओवादी केन्द्रले जनाएको छ।

अब नवलपुर, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, कैलाली र कञ्चनपुरमा हुलाकी अभियान सञ्चालन गरिने माओवादीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group