ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पञ्चायतसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउने अपराधी हुन् : शंकर पोखरेल


एबीसी न्यूज
२२ चैत्र २०८१, शनिबार   ४ : १२   बजे

काठमाडौं २३ चैत । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेलले संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति सक्रिय भएको बताएका छन्।

पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकलाई आज सम्बोधन गर्दै उनले संविधानबाहिर केही पनि जान नसक्ने बताए। उनले पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपेको बताए।

महासचिव पोखरेलले संविधान कार्यान्वयन गर्ने सम्बन्धमा छिटोभन्दा छिटो कानुन बनाउनुपर्छ भन्नेमा वर्तमान सरकार तथा एमाले र नेपाली कांग्रेस प्रतिबद्ध रहेको उनले बताए। पोखरेलले पञ्चायतसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउने अपराधी भएको बताए।

‘पञ्चायत र राजतन्त्रसँग जोडेर नेपाली समाजमा जुन प्रचार गरिँदै छ, त्यो अपराध हो, हामी परिवर्तनकारी हौँ, हामी लोकतन्त्रवादी हौँ, यसका आधारमा हामीले आफ्ना दृष्टिकोण समाजमा राख्नसक्नु पर्दछ,’ उनले भने। महासचिव पोखरेलले नेपालमा सुशासन र सेवाप्रवाहको कारणले जनतालाई प्रश्न उठेको भन्दै सुशासन कायम गर्ने र सेवाप्रवाहलाई छिटोछरिता बनाउन पेसागत महासङ्घलाई आग्रह गरे।

‘राजनीतिक नेतृत्वले नीतिगत निर्णय गरिदिन्छ, प्रशासनले कार्यन्वयन गर्ने हो, प्रशासनयन्त्र सक्रिय नहुने हो भने जतिसुकै राम्रा योजना बनाएर पनि परिमाण आउँदैन,’ महासचिव पोखरेलले भने, ‘अहिले हाम्रा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जति बिहानदेखि बेलुकासम्म जति खट्नुहुुन्छ, त्यति प्रशासनतन्त्र खटेका छैनन्, देश बनाउने कुरा जागिर नभई भावना, आन्दोलन हो।’

उनले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि सरकारले विभिन्न कानुन संशोधन गरेको बताए। यही चैत १५ गते भएको आपराधिक क्रियाकलापमा संलग्न र जिम्मेवार मानिसहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै उक्त दिनको घटनाको सबै जिम्मा पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने उनको भनाइ राखे।

‘काठमाडौँमा प्रदर्शनको नाममा जुन हर्कत भए ती आपराधिक, संविधान विरोधी र जनविरोधी क्रियाकलापका रूपमा भएका छन्,’ महासचिव पोखरेलले भने। उनेले सामाजिक सञ्जालबाट भ्रमको खेती मात्र गरिएको भन्दै त्यस भ्रमलाई चिर्नुपर्ने बताए।

पेसागत महासङ्घका अध्यक्ष पुण्य ढकालले सरकारले सेवा प्रवाहलाई चुस्त बनाउन खोजेको बताए। उनले कर्मचारीतन्त्र स्थायी सरकार भएकाले सरकारले गरेका कामलाई प्रभावकारी कार्यन्वयन गर्नुपर्ने बताए। रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group