ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा संवादको पूर्वसन्ध्यामा ‘प्रि–सगरमाथा संवाद’ सम्पन्न


एबीसी न्यूज
२४ चैत्र २०८१, सोमबार   ५ : २४   बजे

काठमाडौं २५ चैत । काठमाडौँ इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग आईआरजीडीडी ले नेपाल सरकारसँगको सहकार्यमा जलवायु परिवर्तनको कारण हिमाल र मानवजातिमा परेको असरलाई औंल्याउन प्रि–सगरमाथा संवाद कार्यक्रम आयोजना गरेको छ।

वन तथा वातावरण राज्यमन्त्री रुपा विकको प्रमुख आतित्थ्यमा आईआरजीडीडीले सोमबार प्रि–सगरमाथा संवाद कार्यक्रम गरेको हो। सरकारले पहिलो पटक आगामी जेठ २ देखि ४ सम्म सगरमाथा संवाद कार्यक्रम आयोजना गर्दैछ।

कार्यक्रममा जलवायु र अन्य क्षेत्रका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए। हिन्दुकुश हिमालयका मानिसहरुको पक्षमा कार्यरत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० का महानिर्देशक डा। पेमा ग्याम्त्सो, प्रधानमन्त्रीका जलवायु मामिला सल्लाहकार समेत रहिसकेका डा। पपुलर जेन्टल, पूर्वअर्थ सचिव मधु मरासिनी, विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा समेत चडिसकेका हिमाल आरोही दावा टासी शेर्पा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क चेमर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्ष चण्डीराज ढकाल र ग्रीन हाइड्रोजन ल्याबका टिम लिडर सहायक प्राध्यापक डा। विराज सिंह थापाले आ–आफ्नो धारणा राखेका थिए।

राज्यमन्त्री विकले सगरमाथा संवादको उद्देश्यको बारेमा प्रकाश पार्दै भनिन्,‘सगरमाथा संवाद मात्र नभएर विश्वव्यापी पहल भएका् बताइन् । ‘मन्त्री विकले उक्त संवादले प्रकृतिलाई मात्र नभएर कार्बन कम उत्सर्जन गर्ने समुदायका मानिसहरुलाई समेत लक्षित गरेको बताइन्, ’ उनले थपिन्ने, ‘नेपाल जलवायु परिवर्तनको कारणले गर्दा अध्याधिक जोखिमपूर्ण मुलुक हो। त्यसलाई लक्षित गरेर रोकथामको लागि सरकारले काम गरिहेको छ।’

अध्यक्ष शर्मिला ढकाल पराजुलीले आईआरजीडीडीले परिवर्तनको लागि बलियो कूटनीतिक पहलमा विश्वास राखेको बताइन्। उनले हिमाल र मानवजातिको बीच महत्वपूर्ण सम्बन्धको लागि प्रि–सगरमाथा संवाद आयोजना गर्न पाउदा गर्व लागेको बताइन्। उनले भनिन्, ‘आजको छलफलले हामीलाई ढाक्न नसक्ने सत्यलाई फेरि जोड दिएको छ। जलवायु संकट हिमालयको संकटको र, विश्वको जलवायु क्षेत्रको केन्द्रमा हिमालय संकटको बहस हुनैपर्छ।’ उनले यो संवादले भविष्यमा हिमालय शृंखलाको अवस्था हाम्रो बलियो सहकार्यमा भरपर्ने बताइन्। पूर्वराजदूत ढकालले सगरमाथा संवादको प्रि–शृंखलाको रुपमा तीन वटा लगातार छलफल चलाउने जानकारी दिइन्।

इसिमोडका महानिर्देशक डा। ग्याम्त्सोले हामी हिमालय क्षेत्रको जनताको भएको कारणले गर्दा अब प्रकृतिलाई फिर्ता दिने समय भएको उल्लेख गरे । उनले सगरमाथा संवाद हामीले प्रकृतिलाई के दिन सक्छौं भन्ने विषयमा हुनु पर्ने सल्लाह पनि दिए।

प्रधानमन्त्रीका जलवायु मामिला सल्लाहकार समेत रहिसकेका डा। जेन्टलले जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दा अन्तर्राष्ट्रिय मन्चहरुमा नेपालको तर्फबाट नेगोसिएसन ९संवाद० गर्दा स्थायी टोली नभएको बताए।

यसैगरी, पूर्वअर्थ सचिव मधु मरासिनीले सगरमाथा संवाद नेपालको लागि सगरमाथा संवाद महत्वपूर्ण अन्तर्राष्ट्रिय छलफल र बहसको थलो हुने उल्लेख गर्दै पहिलो वर्ष गर्न लागेको जलवायु परिवर्तनको विषय महत्वपूर्ण भएको बताए । उनले संघमा ६ प्रतिशत बजेट नै जलवायु परिवर्तनको लागि छुट्याइएको जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष ढकालले आईआरजीडीडीले गरेको प्रि–सगरमाथा संवादले नेपाल सरकारले गर्न लागेको सगरमाथा संवादलाई सघाउन मद्दत पुग्ने उल्लेख गरे।

आईआरजीडीडीले प्रि–सगरमाथा संवादका दौरानमा भएको छलफलबाट आएका महत्वपूर्ण सुझावहरुलाई नेपाल सरकारको सगरमाथा संवाद सचिवालयलाई हस्तान्तरण गर्ने संस्थाकी अध्यक्ष पराजुलीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group