ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ममाथि राजनीतिक प्रतिशोध भयो, पालो सबैको आउँछ- रवि लामिछाने


एबीसी न्यूज
२४ चैत्र २०८१, सोमबार   ५ : ३३   बजे

काठमाडौं २५ चैत । संगठित तवरले सहकारी ठगेको अभियोगमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रूपन्देहीको भैरहवा कारागारमा थुनिएको छ।
शुक्रबार राति पक्राउ परेका उनलाई त्यस रात काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो। शनिबार बिहान उनलाई भैरहवा पठाइए पनि २ दिन सार्वजनिक बिदा परेकाले सोमबार मात्र अदालतमा उपस्थित गराइएको थियो। लगत्तै अदालतले थुनुवा पुर्जी दिएर कारागार पठाइएको हो।

कारागार जानुअघि उनले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिए। यस क्रममा मूलतः उनले ४ वटा सन्देश दिन खोजेको देखिन्छ

एक, उनले रिहाइको लागि कानुनी संघर्ष जारी राख्नेछन्। उनले भने, ‘अदालतको आदेशको सम्मान गर्छु। कानुनले दिएको अधिकार प्रयोग गर्छु। तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने प्रक्रिया अवलम्बन गर्छु।’
दुई, अहिले थुनामा जानुपर्ने अवस्था हुनुका पछाडि पनि उनले विभिन्न आशंका उठेको बताए। तर, अदालतबाटै त्यस्ता आशंका निवारण हुने उनको भनाइ छ।

उनले भने, ‘न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु। तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ती गलत सावित होऊन्।’

तीन, पार्टी अभियान नरोकियोस् भन्ने उनले अर्को सन्देश पनि दिएका छन्। ‘पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहोला। सक्नुहुन्छ बढाउनुस्, नसके पनि नघटाउनुस्। अभियानलाई जनताको बीचमा लैजानुस्,’ उनले भने।

चार, उनले आफूमाथि प्रतिशोध भएको भन्दै अरूले पनि यो अवस्थाबाट गुज्रिनुपर्ने चेतावनी पनि दिए। उनको भनाइ थियो, ‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ।मैले जसरी नै जाँच अरूले पनि दिनुपर्नेछ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group