ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिगमनविरुद्ध स्वयंसेवक परिचालन गर्न माओवादीको निर्देशन


एबीसी न्यूज
२४ चैत्र २०८१, सोमबार   ५ : ३८   बजे

काठमाडौं २५ चैत । नेकपा माओवादी केन्द्रले प्रतिगमनको भण्डाफोर र सरकारका बेथितिविरुद्ध खबरदारीका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ।
पछिल्लो पदाधिकारी बैठकका निर्णयसँगै तल्ला समितिहरूमा बृहत जनपरिचालनका लागि स्वयंसेवक खटाउने निर्णय गरेको हो।

राजावादीहरूको प्रदर्शन भइरहेकाले संभावित सुरक्षाका लागि उसले स्वयंसेवक निर्माण गरी परिचालन गर्ने निर्णय गरेको हो । ‘यस स्थितिमा हामीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नु पर्ने छ । सरकारको नालायकी र वेथितिको विरुद्व खवरदारीका साथै प्रतिगमनकारी षडयन्त्रका विरुद्व भण्डाफोरलाई तिब्रता दिनुपर्ने छ’ अध्यक्ष पुष्पकमल दाहाल र महासचिब देव गुरुङले जारी गरेको परिपत्रमा भनिएको छ, ‘शान्तिपूर्ण रुपमा युवा स्वयमसेवकहरूको परिचालन र बृहत जनपरिचालनमा जोड दिनु पर्छ । गणतन्त्र पक्षधरहरू वीच सम्वाद, सहकार्य बढाउने र यस अभियानमा समाजवादी मोर्चालाई क्रियाशिल गराइनु पर्दछ ।’

माओवादीले सरकारका कारण राष्ट्रिय स्वाधीनताको रक्षामा सरकार चुक्दै गएको जनाएको छ । ‘सरकारका काम कार्यबाहीहरूमा बेथिति रहेको, भ्रष्टहरूको रक्षा गरिरहेको, गणतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षामा गम्भीरता नदेखिएको, प्रतिगामी षडयन्त्रहरू बढ्दै गइरहेको, यसमा सरकार गैर जिम्मेवार बनेको देखिन्छ’ माओवादीले तल्ला समितिमा पठाएको परिपत्रमा भनिएको छ, ‘चैत्र १५ गते कै दिन तिनकुनेमा पूर्व राजावादीहरूको कार्यक्रममा देखिएको उदण्डता, तोडफोड, आगजनी, आततायी र अपराधिक घटनाको रुपमा समेत देखिएको छ ।’

चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको घटनमा सरकारको नालायकी देखिएको आरोप उसले लगाएको छ । ‘तीनकुनेको घटना श्रृफ्ला र शान्ति सुरक्षाको जिम्मेवारी रहेको सरकारको नालायकी पनले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र र मुलुकको स्वाधिनताको रक्षाको निम्ति गम्भीर चुनौती देखिएको छ’ माओवादीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का पक्ष सर्वोच्च जाने तयारीमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu