काठमाडौं २८ चैत । नेपाल बार एशोसिएशनको २७औं केन्द्रीय कार्यसमितिमा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा।विजयप्रसाद मिश्र विजयी हुने निश्चित भएको छ ।
निर्वाचन समितिका अनुसार नौ हजार चार सय ३७ मत गणना गर्दा अध्यक्षको उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा।मिश्रले चार हजार आठ सय ९२ मत र उहाँका निकटतम् प्रतिष्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले दुई हजार दुई सय २९ मत प्राप्त गर्नुभएको छ । अब ५६० मत मात्रै गणना गर्न बाँकी छ ।
महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले चार हजार सात सय चार र महासचिवका अर्का उम्मेदवार यज्ञमणि न्यौपानेले दुई हजार २९ मत प्राप्त गर्नुभएको छ ।
बारको नयाँ कार्यसमितिका लागि शनिवार मतदान भएको थियो । बारको नयाँ कार्य समिति चयन गर्न नौ हजार नौ सय ९७ मतदाता रहेकामा सात हजार नौ सय मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।
प्रतिक्रिया दिनुहोस्