काठमाडौं २८ चैत । ९ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरू र प्रहरीबीच माइतीघर क्षेत्रमा विवाद भएको छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनमा आएका शिक्षकले माइतीघर(बानेश्वर सडकको तीनवटै लेन कब्जा गरेर प्रदर्शन सुरु गरेपछि प्रहरीसँग विवाद भएको हो।
प्रहरीले एक लेन सवारी आउजाउका लागि छोडेर प्रदर्शन गर्न भने पनि सिमसिमे पानी आइरहँदा प्रदर्शनमा उत्रिएका शिक्षकहरूले टेरेनन्।
नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलनमा होमिएका हुन्। आज सरकारसँग उनीहरूको निर्णायक भनिएको वार्ता पनि छ।
प्रतिक्रिया दिनुहोस्