ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरानको पानबारी वनभित्र मृत भेटिएकी महिलाको खुल्यो पहिचान


एबीसी न्यूज
२७ चैत्र २०८१, बिहिबार   ७ : १४   बजे

विराटनगर, २८ चैत्र । गत सोमबार सुनसरीको धरानको जंगलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । मृतक महिला धनकुटाको महालक्ष्मी नगरपालिका– २ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी रहेको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिनुभयो । डीएसपी खतिवडाका अनुसार उनको माइती महालक्ष्मी नगरपालिका–१ मा पर्छ । दाहाल सुनसरीको इटहरी उपमहानगरपालिका–२, हलगडामा बसोबास गर्दै आएकी थिइन् । प्रहरीका अनुसार आफन्तले शवको पहिचान गरेका हुन् । प्रहरीका अनुसार उनका श्रीमान् प्रेम दाहाल वैदेशिक रोजगारीका लागि कोरियामा हुनुहुनछ ।धरान उपमहानगरपालिका–६ स्थित पञ्चकन्या सामुदायिक वनमा सोमबार दिउँसो महिलाको शव फेला परेको थियो । गोठालो गएकाहरुले वनभित्र लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको घाँटी कसेर हत्या गरेपछि लसुनेको रुखमुनि अडेस लगाएर शव छाडेजस्तो देखिएको प्रहरीको भनाइ छ । शवको कम्मर मुनिको कपडा खोलिएको अवस्थामा थियो । प्रहरीका अनुसार अन्यत्र हत्या गरी महिलाको शव घिसारेको जस्तो पनि देखिन्छ । महिलाको पहिचान खुलेपछि प्रहरीले हत्याको आशंकामा अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार मृतक महिला करिब २ वर्षअघि छोरा पढाउनका लागि इटहरीमा डेरा गरी बस्न थालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group