ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको शक्ति वैशाख ११ गते देखाउँछौँ – ओली


एबीसी न्यूज
२८ चैत्र २०८१, शुक्रबार   ७ : ५४   बजे

काठमाडौं २९ चैत । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते शक्ति प्रदर्शन गर्ने बताएका छन् । एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभामा ओलीले लोकतन्त्र दिवसका अवसरमा एमालेनिकट युवा संघले युवा महोत्सव गर्न लागेको बताएका हुन् ।

‘म देशभरबाट युवाहरूलाई वैशाख ११ गते काठमाडौंमा हुने युवा महोत्सवमा सरिक हुन आह्वान गर्दछु,’ उनले भने, ‘त्यस युवा सम्मेलनबाट प्रतिक्रियावादी र अराजकतावादीले आफ्नै आँखाले देखून्, आफ्नै कानले सुनून्, युवा शक्ति के हो र एमाले शक्ति कस्तो हो भन्ने ।’ युवाहरूको महोत्सव कुनै विचार गोष्ठी र सम्मेलन नभएर ‘सम्मिलन’ भएको उनले बताए । राजावादी प्रदर्शनलाई लक्षित गर्दै उनले १ हजार गोजीमा राखिदिएर युवालाई ढुंगा हान्न लगाएर राजतन्त्र नआउने बताए ।
त्यस्तै प्रधानमन्त्री ओलीले नक्कली आईडी र एआईको प्रयोग गरेर अहिले एमाले र एमाले नेतृत्वको बदनाम गर्ने, विरोध गर्ने र प्रचार गर्ने काम भइरहेको भन्दै त्यसमा एमाले पंक्तिले प्रतिवाद गर्न नसकेकोमा असन्तुष्टि व्यक्त गरेका थिए । ‘नक्कली आईडी र एआईको प्रयोग गरेरसमेत विरोध र प्रचार गर्ने काम भएको छ । बुस्टरको प्रयोग गर्ने गरिएको छ । अनेक खेल भइरहेका छन्,’ उनले भने, ‘हामी आफ्ना प्रचारक आफैं हौं, अरुको भर पर्नु जरुरी छैन्, आफैं जान्नु पर्‍यो । आफैं प्रचार गर्नुपर्‍यो । आक्रमणविरुद्धमा जुध्नु पर्‍यो, सत्यको डटेर सामना गर्न सक्नुपर्‍यो ।’

त्यस्तै उनले सुकुम्बासी समस्या समाधानका लागि ल्याएको अध्यादेश केही तत्वहरूले डिस्टर्ब गरेका कारण तत्कालका लागि रोकिएको र आगामी अधिवेशनबाट पारित गरेर समस्या समाधान गर्ने बताए । ‘हामीले सुकुम्बासी समस्या समाधान गरेर मुक्त कमलरी, गुठी, विश्व विद्यालय, विद्यालय, संघ संस्थालगायतका लुटिएका जग्गा फिर्ता गर्ने र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने प्रयासमा थियौं,’ उनले भने, ‘तर, केही तत्वहरूले डिस्टर्ब गरेको हुनाले अध्यादेश जारी गरेर पनि समस्या भयो ।’

पास गर्न सक्ने अवस्था भए पनि जोरजुलुम गरेर पास नगरिएको र आगामी अधिवेशनबाट सर्वसम्मतिमै पारित गर्ने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group