ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको शक्ति वैशाख ११ गते देखाउँछौँ – ओली


एबीसी न्यूज

काठमाडौं २९ चैत । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते शक्ति प्रदर्शन गर्ने बताएका छन् । एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभामा ओलीले लोकतन्त्र दिवसका अवसरमा एमालेनिकट युवा संघले युवा महोत्सव गर्न लागेको बताएका हुन् ।

‘म देशभरबाट युवाहरूलाई वैशाख ११ गते काठमाडौंमा हुने युवा महोत्सवमा सरिक हुन आह्वान गर्दछु,’ उनले भने, ‘त्यस युवा सम्मेलनबाट प्रतिक्रियावादी र अराजकतावादीले आफ्नै आँखाले देखून्, आफ्नै कानले सुनून्, युवा शक्ति के हो र एमाले शक्ति कस्तो हो भन्ने ।’ युवाहरूको महोत्सव कुनै विचार गोष्ठी र सम्मेलन नभएर ‘सम्मिलन’ भएको उनले बताए । राजावादी प्रदर्शनलाई लक्षित गर्दै उनले १ हजार गोजीमा राखिदिएर युवालाई ढुंगा हान्न लगाएर राजतन्त्र नआउने बताए ।
त्यस्तै प्रधानमन्त्री ओलीले नक्कली आईडी र एआईको प्रयोग गरेर अहिले एमाले र एमाले नेतृत्वको बदनाम गर्ने, विरोध गर्ने र प्रचार गर्ने काम भइरहेको भन्दै त्यसमा एमाले पंक्तिले प्रतिवाद गर्न नसकेकोमा असन्तुष्टि व्यक्त गरेका थिए । ‘नक्कली आईडी र एआईको प्रयोग गरेरसमेत विरोध र प्रचार गर्ने काम भएको छ । बुस्टरको प्रयोग गर्ने गरिएको छ । अनेक खेल भइरहेका छन्,’ उनले भने, ‘हामी आफ्ना प्रचारक आफैं हौं, अरुको भर पर्नु जरुरी छैन्, आफैं जान्नु पर्‍यो । आफैं प्रचार गर्नुपर्‍यो । आक्रमणविरुद्धमा जुध्नु पर्‍यो, सत्यको डटेर सामना गर्न सक्नुपर्‍यो ।’

त्यस्तै उनले सुकुम्बासी समस्या समाधानका लागि ल्याएको अध्यादेश केही तत्वहरूले डिस्टर्ब गरेका कारण तत्कालका लागि रोकिएको र आगामी अधिवेशनबाट पारित गरेर समस्या समाधान गर्ने बताए । ‘हामीले सुकुम्बासी समस्या समाधान गरेर मुक्त कमलरी, गुठी, विश्व विद्यालय, विद्यालय, संघ संस्थालगायतका लुटिएका जग्गा फिर्ता गर्ने र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने प्रयासमा थियौं,’ उनले भने, ‘तर, केही तत्वहरूले डिस्टर्ब गरेको हुनाले अध्यादेश जारी गरेर पनि समस्या भयो ।’

पास गर्न सक्ने अवस्था भए पनि जोरजुलुम गरेर पास नगरिएको र आगामी अधिवेशनबाट सर्वसम्मतिमै पारित गर्ने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com