ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतका सभामुखसँग राजदूत घिमिरेको भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल


एबीसी न्यूज
२९ चैत्र २०८१, शनिबार   १२ : ०२   बजे

काठमाडौं ३० चैत । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसदको तल्लो सदनका सभामुख लिन्डसे होइलसँग भेटवार्ता गरेका छन् ।

वेस्टमिन्स्टर दरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–बेलायत सम्बन्धका विविध पक्षमा कुराकानी भएको दूतावासले जनाएको छ।

भेटमा दुई देशबीच करिब दुई शताब्दी पुरानो सम्बन्धलाई स्मरण गर्दै राजदूत घिमिरेले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सन्देश हस्तान्तरण गरेका थिए ।

राजदूत घिमिरेले नेपालको संविधान, लोकतान्त्रिक अभ्यास र संसदको ऐतिहासिक विकासक्रमबारे सभामुख होइललाई जानकारी गराएका थिए । साथै, नेपाल–बेलायत सम्बन्ध ऐतिहासिक र सौहार्दपूर्ण भएको उल्लेख गर्दै आपसी सहकार्यलाई अझ सुदृढ बनाउने कुरामा जोड दिएका थिए ।

भेटका क्रममा सभामुख होइलले बेलायती संसदलाई ‘विश्वका संसदहरूको जननी’ भएको बताउँदै नेपालको लोकतान्त्रिक यात्राप्रति चासो व्यक्त गरेका थिए । उनले भविष्यमा पनि बेलायत सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको बताए ।

भेटमा पर्यटन, व्यापार, शिक्षा र गोर्खा समुदायसम्बन्धी विषयमा समेत छलफल भएको दूतावासले जानकारी दिएको छ ।

राजदूत घिमिरेले गोर्खा सम्बन्धी विषयहरूमा बेलायती सरकारको निरन्तर सहयोग अपेक्षा गरिएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन : मधेशमा महिला हिंसापछिको अर्को संघर्ष

राहदानी ऐन संशोधन विधेयक संसदमा दर्ता : रद्ददेखि विदेशमै जैविक विवरण संकलनसम्म नयाँ व्यवस्था

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu