ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतका सभामुखसँग राजदूत घिमिरेको भेटवार्ता, द्विपक्षीय सहकार्यबारे छलफल


एबीसी न्यूज

काठमाडौं ३० चैत । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसदको तल्लो सदनका सभामुख लिन्डसे होइलसँग भेटवार्ता गरेका छन् ।

वेस्टमिन्स्टर दरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–बेलायत सम्बन्धका विविध पक्षमा कुराकानी भएको दूतावासले जनाएको छ।

भेटमा दुई देशबीच करिब दुई शताब्दी पुरानो सम्बन्धलाई स्मरण गर्दै राजदूत घिमिरेले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सन्देश हस्तान्तरण गरेका थिए ।

राजदूत घिमिरेले नेपालको संविधान, लोकतान्त्रिक अभ्यास र संसदको ऐतिहासिक विकासक्रमबारे सभामुख होइललाई जानकारी गराएका थिए । साथै, नेपाल–बेलायत सम्बन्ध ऐतिहासिक र सौहार्दपूर्ण भएको उल्लेख गर्दै आपसी सहकार्यलाई अझ सुदृढ बनाउने कुरामा जोड दिएका थिए ।

भेटका क्रममा सभामुख होइलले बेलायती संसदलाई ‘विश्वका संसदहरूको जननी’ भएको बताउँदै नेपालको लोकतान्त्रिक यात्राप्रति चासो व्यक्त गरेका थिए । उनले भविष्यमा पनि बेलायत सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको बताए ।

भेटमा पर्यटन, व्यापार, शिक्षा र गोर्खा समुदायसम्बन्धी विषयमा समेत छलफल भएको दूतावासले जानकारी दिएको छ ।

राजदूत घिमिरेले गोर्खा सम्बन्धी विषयहरूमा बेलायती सरकारको निरन्तर सहयोग अपेक्षा गरिएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com