काठमाडौं, ८ चैत । पाकेटमारको आरोपमा पक्राउ परेका श्रीमान्लाई घुस दिएर छुटाउन जाने महिला पक्राउ परेकी छिन् ।
चक्रपथ परिक्रमा गर्ने बसमा सवार यात्रु सरोज कार्कीको खल्तीबाट ७५ हजार रुपैयाँ माकेटमार गरेको आरोपमा बुधबार धुलिखेलका २४ वर्षीय विवेक लामालाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका लामालाई छुटाउन उनकी श्रीमती प्रहरी सम्पर्कमा पुगिन् ।
प्रहरीलाई घुस दिएर श्रीमानलाई छुटाउन २३ वर्षिया शर्मिला तामाङले ३ लाख २४ हजार रूपैयाँ जम्मा गरिन्।
जम्मा पारेको रकम लिएर शर्मिला मध्यरात १२ बजे प्रहरी अधिकारी भेट्न तिलगंगा पुगिन्। महिलाले उक्त घुस रकम प्रहरीलाई दिन खोज्ने क्रममा प्रहरीले पैसा लिएन बरु उल्टै उनलाई समेत पक्राउ गर्यो।
श्रीमानलाई छुटाउन प्रहरीलाई घूस दिने श्रीमती पनि अहिले प्रहरी हिरासतमै छन्।
५० हजार पाकेट मारेका श्रीमानलाई छुटाउन तीन लाख २४ हजार रकम बोकेर मध्यरात एक्लै बनकाली पुगेकी शर्मिलालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए।
‘घुस खाएर मुद्दा मिलाउनु अपराध हो त्यसो गरेको पाइए ठाँउको ठाँउ कारवाही हुन्छ।’ थापाले भने ।
उनले घुस दिने ब्यक्ति पक्राउ गर्नेलाई पुरस्कृत समेत गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्