ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढुंगा हान्न जानेकाहरूले देश चलाउँछु भनेर उधुम भएको छ – प्रधानमन्त्री ओली


एबीसी न्यूज
२९ चैत्र २०८१, शनिबार   ६ : ०३   बजे

काठमाडौं ३० चैत । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैंक डुबाउनेहरू, आफूले खाएको ऋण तिर्दिन र तिर्नु पर्दैन भनेर हल्ला गर्दै हिँड्नेहरू अहिले सक्रिय भएको बताएका छन्।

झापाको दमकमा शनिबार ननेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सडकमा दुईरचार जना सडकछापहरू राजा ल्याउँछौं भन्दै हिँडेका व्यक्तिहरूले तोडफोड, हत्या, हिंसा लगायतका घटनाहरू घटाएको आरोप लगाएका छन्।

प्रधानमन्त्री ओलीले भने, ‘म गृहमन्त्री बन्दा एउटा पनि गोली नचलेको र गोलीले मान्छे मारेको स्मरण छैन। गोली हान्नुपर्छ, मान्छे मार्नुपर्छ भन्ने त्यो समयमा समेत एमालेको नेतृत्व हुँदा शान्तिपूर्ण रुपमा शासनसत्ता सञ्चालन भएको थियो। एमाले शान्तिपूर्ण रूपमा काम गरेर देखाउनु छ।’

प्रधानमन्त्री ओलीले देशमा ओरालो लागेको अर्थतन्त्रलाई ओरालो लाग्ने क्रमबाट रोकेको बताएका छन्। घाटातिर जाने स्थितिलाई रोकेर घाटाबाट जोगाउने तर्फ सरकार लागेको उनले जिकिर छ। ‘यस वर्ष भूमिसम्बन्धी समस्याको समाधान हुन्छ’, उनले भने, ‘यो मेरो अठोट र प्रतिबद्धता हो।’

भूमिसम्बन्धी अध्यादेश जारी गर्न केही व्यवधानहरू सिर्जना भएको बताएका ओलीले विपक्षीका कारण पारित हुन नसकेको बताए। पाँचवटा अध्यादेश पारित भइसकेको भएपनि एउटा अध्यादेशमा विपक्षीले व्यवधान सिर्जना गराएको उनको आरोप छ।

पछिल्लो समय विकास भन्दा पनि तमासा गर्ने, स्टन्ट गर्ने काम भएको बताउँदै ओलीले सरकार ढाल्ने र बनाउने खेल मात्रै धेरै भएको बताए। ‘ड्राइभिङ सिक्दै नसिकाकाले म पो ड्राइभिङ राम्रो गर्छु भनेर लागेको देखिएको छ’, उनले भने, ‘ड्राइभरको सिटमा बस्दै नबसेकाहरु अहिले गाडी चलाउँछु भनेर लागेका छन्। ढुंगा हान्न जानेकाहरूले देश चलाउँछु भनेर उधुम भएको छ।’

उनले नयाँ भनिएकाहरूको अवस्था देखिसकिएको टिप्पणी गरे। ‘को कस्ता छन् भन्ने थाहा भइसकेको छ’, ओली भने, ‘कोही बैंकमारा, कोही साउ मारा, कोही सहकारीमारा र कोही ठग अनेक प्रकारका देखिएका छन्। ठूला कुरा गर्ने, हल्ला गर्ने, कुप्रचार गर्ने, जथाभावी बोल्ने अनि देश बनाउँछु भनेर धाक लगाउने यस्ता कुराको अलमलमा नपर्न आग्रह गरे।’

पार्टी कार्यकर्ताप्रति असन्तुष्टि
पार्टीको पक्षमा प्रचार नगरेको भन्दै नेता कार्यकर्ताप्रति उनले असन्तुष्टि जनाए । नेकपा एमालेले गरेका राम्रा कामको प्रचार नगर्ने पार्टीभित्रका सामान्य कुराहरूलाई टिकटक फेसबुक लगायतका सामाजिक सञ्जालमा राख्ने गरेकोप्रति उनको असन्तुष्टि छ।

झापा नेकपा एमालेको उद्गमस्थल भएको, सचेत जिल्ला भएर पनि अहिले कमजोर भएको स्वीकार गरे। उनले नेकपा एमाले प्रदेश कमिटीलाई आफ्नो कमिटीलाई चुस्तदुरुस्त राख्न निर्देशन दिए। जनवर्गीय पेशागत संगठनहरू ताज वा पहिरन नभई संगठनको सक्रिय योद्धा भएर काम गर्न आग्रह गरे।

अरुले २० वर्ष, १० वर्षमा गर्न नसकेको काम आफूले तीन वर्षमा गरेर देखाइदिएको ओलीको भनाइ छ। हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्ग तीन वर्षमा बनाएर देखाइदिएको बताए। उनले कार्यकर्तालाई उद्यमशीलता सिकेर स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारीमा केन्द्रित भएर लाग्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले आगामी वैशाख ११ गते काठमाडौँमा युवा महोत्सव गर्ने उद्घोष गरेका छन्। वैशाख ११ गते राजतन्त्रको अन्त्य भएको दिनको स्मरणमा विजय दिवसको रुपमा मनाउने गरी यो कार्यक्रम आयोजना गर्न लागिएको स्पष्ट पारे।

कोसँग युवा कति कति छन् भन्ने युवाहरू देखाउनका लागि पनि एमालेभित्रको युवा शक्ति देखाउन पनि यस्तो खालको युवा महोत्सव गर्ने तय भएको बताए। ‘एमालेसँग युवा छैनन् भन्ने कुराहरू हल्लाहरू चलाइएको छ उनले भने कसको युवा कति छन् भनेर देखाउनका लागि पनि हामीले यो खालको सम्मेलन गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group