काठमाडौं ३० चैत । पर्साको वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा विवाद भएपछि दुई समुदायबीच झडप भएको छ।
शनिबार दिउँसो वीरगञ्जको छप्कैया चोकमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको हो।
प्रहरीका अनुसार झडपमा पसल र मोटरसाइकलमा आगजनी भएको छ।
झडप नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।







प्रतिक्रिया दिनुहोस्