ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उर्जामन्त्रीले कर्मचारीलाई भने ‘म तपाईहरुको साथी पनि गार्जेन पनि तर मलाई परिणाम चाहिंन्छ’


admin
८ चैत्र २०७४, बिहिबार   ५ : ४४   बजे

काठमाडौं, ८ चैत । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले बदलिएको परिस्थतिअनुसार काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा आयोजित विभागिय प्रस्तुतीकरण कार्यक्रमलाई विहिवार सम्बोधन गर्दै उर्जामन्त्री पुनले देश संघिय संरचनामा गइसकेको भन्दै खटिएको ठांउमा गएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

‘तपाईहरुलाई राज्यले कही अफ्ठेरो परेको छ भने हेर्छ, तर बदलिएको परिस्थितीलाई भने तपाईहरुले आत्मसाथ गर्नुपर्छ, फिल्डमा गएर जनताको सेवामा लाग्नुहोस् ।’ मन्त्री पुनले सम्बोधनमा भन्नुभयो ।

म गार्जेन हो साथी पनि हो
मन्त्री पुनले आफु मन्त्री मात्र नभएर सबैको गार्जेन भएको समेत बताउनुभयो । उहाले मन्त्रालयको लिडर र गार्जेनको रुपमा आफुले काम गर्ने तर आफुलाई पनि त्यसको बदलामा परिणामुखी काम चाहिने भएकाले कार्यक्षेत्रमा जिम्मेवार भएर लाग्न निर्देशन दिनुभयो ।

‘म तपाईहरुको साथी हो,गार्जेन पनि हो, तपाईहरुलाई काम पुगेको छैन् अन्याय भएको छ भने म हेर्छु,काम पनि दिन्छु । तर मलाई तपाईहरुले जिम्मा दिएअनुसारको परिणाम दिनुपर्छ । ’ मन्त्री पुनले भन्नुभयो ।

बजेटको दुरुपयोग नहोस्
माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पुनले सरकारी सम्पतीको दुरुपयोग नगर्न समेत कर्मचारीलाई चेतावनी दिनुभएको छ ।

‘जनताको करबाट उठेको पैसाको दुरुपयोग भयो भने ठुलो अपराध सरह हुन्छ, त्यसैले तपाईहरुले कम बजेटमा धेरै काम गर्ने गरी योजना बनाउनुहोस् ।’ मन्त्री पुनले भन्नुभयो ।

तर्कले काम गर्दैन् काम चाहिन्छ
मन्त्री पुनले उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले राम्रो काम गरेर देखाउने चुनौती भएको भन्दै त्यसका लागी कार्यक्षेत्रमा इमान्दारितापुर्वक लाग्न निर्देशन समेत दिनुभयो । उहाले जनताले विकासको परिणाम खोजेको भन्दै त्यसका लागी खरो रुपमा उत्रनुपर्ने बताउनुभयो ।

‘हामीलाई,व्यक्तिगत रुपमा मलाई पनि तर्क गर्ने ठांउ छैन्, जनताले परिणाम खोजेका छन्,जनआकांक्षालाई पुरा गर्न हामी सामुहिक रुपमा काम गरौ ।’ मन्त्री पुनले कर्मचारीलाई निर्देशन दिंदै भन्नुभयो ।

उहाले जलवायु परिवर्तनको क्षेत्रमा ठुला–ठुला चुनौती रहेको भन्दै त्यसका लागी तयार रहेर बस्न समेत जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group