ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्रुतमार्गको चिनियाँ ठेकेदारलाई कारबाहीसहित भुक्तानीको माग


एबीसी न्यूज
१ बैशाख २०८२, सोमबार   ७ : ४२   बजे

काठमाडौं १ बैशाख । निजगढ–मकवानपुर–काठमाडौँ जोड्ने द्रुतमार्गको निर्माण कम्पनीले निर्माण सामग्रीबापतको भुक्तानी समयमा नदिए पनि नेपाली आपूर्तिकर्ता व्यवसायीले चिनियाँ कम्पनीलाई कारबाहीसहित भुक्तानीको माग गरेका छन् ।

वीरगन्जस्थित नेपाल मेसिनरी एक्जिम, नेपाल फास्टट्र्याक इन्फ्रा कन्सर्न र नेपाल मेसिनरी इन्टरप्राइजेज प्रालिका सञ्चालकले आफूहरूले आपूर्ति गरेका सामग्रीको पाउनुपर्ने भुक्तानी नदिएको भन्दै चिनियाँ निर्माण कम्पनीलाई कारबाही गरी ब्याज हर्जानासहित भुक्तानी उपलब्ध गराउन माग गरेका हुन् ।

चिनियाँ कम्पनीबाट करिब सात करोड रुपियाँ भुक्तानी पाउनुपर्ने भएपछि नेपाली व्यवसायी आन्दोलित बनेका छन् । नेपाल मेसिनरी एक्जिमसहितका कम्पनीका सञ्चालक मुकेश सरावगीले हेटौँडामा पत्रकार सम्मेलन गरी काठमाडौँ–तराई द्रुतमार्गको काम गर्दै आएको चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई उपलब्ध गराएको निर्माण सामग्री भुक्तानी लामो समयसम्म पनि नदिएको जानकारी दिएको छ । भुक्तानीका लागि अन्य निकायमा आग्रह गर्दासमेत सुनुवाइ नभएकाले कम्पनीलाई कारबाहीसहित भुक्तानीको माग गरिएको बताउनुभयो ।

उहाँले चिनियाँ कम्पनीसँग १५ देखि ३० दिनमा भुक्तानी दिने लिखित करारको अधीनमा रही सामान उपलब्ध गराएको थियो । सामानको बिल भर्पाईसहित भुक्तानी माग्दा चिनियाँ कम्पनीले बारम्बार अनेक बहाना, कारण र समस्या देखाउँदै भुक्तानी नदिएकाले आफूहरू आन्दोलित भएको बताउनुभयो । हाल १२र१५ महिनासम्म कुर्दा पनि विगतमा उक्त कम्पनीले गरेको सम्पूर्ण लिखित प्रतिबद्धताविपरीत भुक्तानी नदिएको उहाँले बताउनुभयो । बक्यौता रकम करिब सात करोड रुपियाँ ब्याज हर्जानासहित पाउनुपर्ने देखिएको छ । उहाँले कम्पनीलाई कालो सूचीमा राखी यसको सम्पत्ति तथा धरौटी रकम र बैङ्क खाता यथाशीघ्र रोक्का गरी कानुनबमोजिम नियन्त्रणमा लिएर सामग्री आपूर्तिकर्तालाई राहत उपलब्ध गराउने प्रक्रिया थाल्नसमेत सरकारसँग अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group