ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लामिछानेसहित ७ प्रतिवादी विरुद्धको पेसी स्थगित


एबीसी न्यूज
४ बैशाख २०८२, बिहिबार   ९ : ०१   बजे

काठमाडौं ४ बैशाख । रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित ७ जनाविरुद्धको पेसी स्थगित भएको छ । जिल्ला अदालत कास्कीको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा दर्ता गरेको निवेदन र त्यससँग सम्बन्धित अन्य निवेदनको पेसी बिहीबारका लागि तोकिएको थियो ।

सरकारी वकिलको कार्यालयको निवेदनविरुद्ध सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणका प्रतिवादी रामबहादुर खनालले पनि उच्चमा निवेदन दिएका थिए । खनालका कानुन व्यवसायीले बिहीबारको पेसी स्थगित गरेपछि त्यससँग सम्बन्धित सबै निवेदनको पेसी पनि स्थगित भएको उच्च अदालत पोखराका सूचना अधिकारी निलप्रसाद पनेरुले बताए । ‘एउटै मुद्दा भएकाले एक जनाले निवेदन दिएपछि त्यसैका कारण अरु मुद्दा पनि रोकिएको हो,’ उनले भने ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसले गत पुस २५ मा रविसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ, आरती गुरुङलाई धरौटीमा छोड्न आदेश दिएको थियो । उक्त निर्णयविरुद्ध सरकारी पक्षले थुनामै राखेर पुर्पक्ष हुनुपर्ने मागसहित उच्च अदालत पोखरामा निवेदन दियो । सरकारी पक्षको निवेदनविरुद्ध प्रतिवादीले पनि निवेदन दर्ता गराए । त्यसैले यसमा दुवै पक्षको निवेदनलाई उच्च अदालतले एकैठाउँमा राखेर फैसला सुनाउनेछ ।

यो निवेदनमा उच्च अदालत पोखराले जिल्लाबाट रिहा भएका प्रतिवादीलाई थुनामा पठाउने, रिहा गर्ने जिल्लाकै फैसला सदर गर्ने वा धरौटी नलिई साधारण तारेखमा छोड्नेमध्ये एउटा फैसला गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group