ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपतिदेखि तिरुपतिसम्म नक्सलवादीहरूको सपना चकनाचुर- अमित शाह


एबीसी न्यूज
५ बैशाख २०८२, शुक्रबार   २ : ४९   बजे

काठमाडौं ५ बैशाख । भारतका गृहमन्त्री अमित शाहले नेपालको पशुपतिनाथदेखि भारतको तिरुपतिसम्म नक्सलवादीहरूको सपना चकनाचुर भएको दाबी गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले नक्सलवादीहरू नेपालदेखि आन्ध्र प्रदेशसम्म आफ्नो प्रभुत्व स्थापित गर्न चाहन्थे तर अहिले उनीहरू चार जिल्लामा मात्र सीमित रहेको बताए।

भारतीय गृहमन्त्री शाहले निमचमा बिहीबार आयोजित सीआरपीएफ स्थापना दिवसका अवसरमा उक्त कुरा बताएका हुन्।

उनले भने, ‘सीआरपीएफ केन्द्रीय रिजर्भ पुलिस बल को योगदानका कारण केही दिनमै देश नक्सलवादबाट मुक्त हुनेछ।’

नक्सल शब्दको उत्पत्ति भारतीय राज्य पश्चिम बंगालको एउटा सानो गाउँ नक्सलबारीबाट भएको हो, जहाँ भारतीय कम्युनिस्ट पार्टीका नेता चारु मजुमदार र कानु सन्यालले १९६७ मा सरकारविरुद्ध सशस्त्र आन्दोलन सुरु गरेका थिए। यसैले यस आन्दोलनको नाम नक्सलवाद भनिएको हो।

नक्सलवाद माओवादी क्रान्तिकारी आन्दोलनको भारतीय नाम हो। यसका मुख्य नेता चारु मजुमदार थिए। उनलाई ‘नक्सलवादका पिता’ पनि भनिन्छ। उनी माओवादमा विश्वास गर्थे र चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ त्सेतुङलाई विश्व कम्युनिस्ट आन्दोलनका आदर्श नेता मान्थे।

नक्सलवादी आन्दोलनको प्रभाव नेपालमा समेत उत्तिकै परेको थियो। झापामा २०२७(२०२८ सालमा भएको झापा विद्रोहलाई नक्सलवादी आन्दोलनबाट प्रभावित मानिन्छ। १० वर्षे सशस्त्र युद्धमा पनि नेपालका माओवादी र भारतका नक्सलवादीबीच सहकार्य भएको थियो भनिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group