ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ :राष्ट्रिय परीक्षा बोर्ड


एबीसी न्यूज
५ बैशाख २०८२, शुक्रबार   ७ : ५५   बजे

काठमाडौं, ५ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने जनाएको छ । बोर्डले कक्षा १२ को परीक्षा वैशाख ११ गतेबाट सञ्चालन गर्ने समयतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । शिक्षक आन्दोलन लम्बिँदै जाँदा परीक्षा हुनेरनहुने आंशका बढ्दै गरेको बेला बोर्डले तोकिएकै मितिमा परीक्षा सञ्चालन हुने दाबीसहित शुक्रबार विज्ञप्ति जारी गरेको हो । परीक्षा स्थगित भएको भ्रामक सूचनाको विश्वास नगर्नसमेत बोर्डले आग्रह गरेको छ । ‘वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामण सूचना विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
परीक्षा नियन्त्रकले जारी गरेको विज्ञप्तिमा विद्यार्थीलाई परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिनसमेत अनुरोध गरिएको छ । ‘सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक, प्रधानाध्यापकहरुमा बोर्ड अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
शिक्षक आन्दोलनको कारण परीक्षा तयारीका काम भने अवरुद्ध छ । बोर्डका प्रदेश र शाखा कार्यालयहरुले केन्द्राध्यक्ष छनौट, अभिमुखीकरण लगायतका गतिविधि अघि बढाउन सकेका छैनन् । शैक्षिक हड्तालको आयोजना गरेको शिक्षक महासंघले विज्ञप्ति जारी गरेर कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group