ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले गरे नारायणगढ बुटवल सडकखण्डको अनुगमन


एबीसी न्यूज
५ बैशाख २०८२, शुक्रबार   ८ : २९   बजे

काठमाडौं, ५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नारायणगढ बुटवल सडकखण्डको आज अवलोकन निरीक्षण गरेका छन् ।
चितवनको पूल्चोक गोन्द्राङ्ग सडकखण्डको उद्घाटन गर्न आएका बेला प्रधानमन्त्री ओलीले पूर्वी नवलपरासीको गैंडाकोटमा पुगेर सडक विस्तारको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका छन् ।
११३ किलोमिटर लामो यो सडकखण्ड विस्तारको कामका बारेमा ओलीले सडक आयोजनासँग पछिल्लो प्रगतिका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्री पुग्दा सडक आयोजनाका अधिकारी, चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधीहरुले स्वागत गरेका थिए ।
सडक निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले नारायणगढ बुटवल सडकखण्ड विगतमा नबन्ने अवस्थामा पुगेकोमा अहिले सडक बन्ने अवस्थामा आएको बताए ।
‘पहिले काम भएन भन्ने थियो, अहिले धमाधम काम हुँदैछ भन्ने छ, वीचमा धेरै समस्या र उल्झनहरु आए,’ प्रधानमन्त्री ओलीले सडक निरीक्षण गर्दैै भने, ‘अब अहिले सन्तोषजनक अवस्था छ ।’
सो अवसरमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्माले सडकको अवस्थाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
सचिव शर्माले ११३ किलोमिटर लामो सडक बर्खा अगाडि २० किमि मात्रै बाँकी रहने र बाँकी भाग कालोपत्रे भएर सकिने जानकारी गराए । उनले दाउन्नेको १३ किलोमिटर र पुल भएको ठाँउको गरी जम्मा २० किलोमिटर मात्रै सडक बर्खा अगाडि कालोपत्रे हुन बाँकी रहने बताए ।
दाउन्नेदेखि गैंडाकोटसम्म पूर्वी खण्ड ६३ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्म ३९ किलोमिटर पश्चिम खण्ड गरी दुई खण्डमा विभाजन गरेर चिनियाँ ठेकेदार कम्पनीले सडक विस्तारको काम गरिरहेको छ । पछिल्लो तीन महिनामा दुबैखण्डमा तीब्रताका साथ काम भैरहेको छ ।
पूर्वी खण्डको भौतिक प्रगति ६३ प्रतिशत र पश्चिम खण्डको ६१ प्रतिशत पुगेको छ । सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले पछिल्लो तीन महिनामा दुबैखण्डमा उल्लेख्य प्रगति भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्दो विवादबीच पूर्णबहादुर खड्काको ‘सम्पूर्ण एकता’को अपिल

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu