ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपाको प्रदर्शन : निषेधित क्षेत्र नतोड्न प्रहरीको माइकिङ


एबीसी न्यूज
७ बैशाख २०८२, आइतबार   १ : ३८   बजे

काठमाडौं ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न लागेपछि प्रहरीले माइकिङ गरेको छ। शनिबार नै राप्रपाले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएपछि गृह मन्त्रालयले निषेधित क्षेत्र तोडे कारबाही गर्ने चेतावनी दिएको थियो।

आइतबार प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी घेरा तोड्न प्रयास गरेपछि माइकिङ गरिरहेको छ।

माइतीघरबाट सुरु भएको प्रदर्शन अहिले बानेश्वरतर्फ अघि बढेको छ। प्रदर्शनका क्रममा राजावादीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि सचेत गराउँदै प्रहरीले माइकिङ गरेको हो।

राप्रपाले राजतन्त्र पुनस्स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी राप्रपाका नामबाट सार्वजनिक समाचार र अभिव्यक्तिप्रति पनि गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि बल्खुमा चैत २६ गते राप्रपाले विरोधसभा गरेको थियो । त्यसअघि चैत १५ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन भड्किएर हिंसात्मक रुप लिएपछि त्यही दिन राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवं पार्टी महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु अनुसन्धानका लागि अहिले प्रहरी हिरासतमा छन् ।

आफ्ना दुई नेतासहित चैत १५ को तीनकुने प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई बिना शर्त रिहा गर्न राप्रपाले माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group