ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलिमिनेटरमा जितसहित पोखरा दोस्रो क्वालिफायरमा, चितवन बाहिरियो


एबीसी न्यूज
७ बैशाख २०८२, आइतबार   ८ : ४५   बजे

काठमाडौं, ७ वैशाख । इलिमिनेटरमा एफसी चितवनविरुद्ध ३–० को जित निकाल्दै पोखरा थन्डर्सले नेपाल सुपर लिग–२०२५ को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले चितवनविरुद्ध ३–० को सहज जित निकालेको हो । पोखराले तीनै गोल दोस्रो हाफमा गरेको हो ।
६४औँ मिनेटमा पोखराले आत्मघाती गोल उपहार पाएपछि अग्रता बनाएको थियो । पोखराका स्ट्राइकर स्टेफन बिनोङको प्रहार रिबाउन्ड आउँदा समीर लामाले दिएको क्रस चितवनका अभिषेक लिम्बूको खुट्टामा लागेर गोल भएको थियो ।

७२औँ मिनेटमा पोखराका जोइ आइडुले टोलीको अग्रतालाई दोब्बर बनाए । जन्मजय धामीले दिएको पासमा उनले करिब २४ यार्ड सुन्दर ढंगबाट बललाई जाली चुमाए । उनको प्रहार जोनाथन क्यामपबेलबाट डिफ्लेक्ट हुँदै गोल भएको थियो ।

७६औँ मिनेटमा आइडुकै गोलमा पोखराले अग्रतालाई ३–० मा पुर्‍यायो । चन्दनकुमार दासले १८ यार्ड बक्सको दायाँतर्फबाट निकालेको पासमा आइडुले पहिलो प्रहारमै गोल गरे ।

त्यसअघि पहिलो र दोस्रो हाफमा पनि दुवै टिमले गोल अवसर बनाएका थिए । तर, त्यसलाई सदुपयोग भने गर्न सकेनन् । छैटौँ मिनेटमा पोखराका कप्तान आयुष घलानको पासमा आइडुले गरेको प्रहार चितवनका गोलकिपर अमल नाइटले सजिलै बिफल बनाएदिए ।

११औँ मिनेटमा आयुष घलानको पासमा करिब २२ यार्डबाट आइडुले गरेको प्रहार पुनः पोष्टको बायाँतर्फको नजिकैबाट बाहिरियो । २४औँ मिनेटमा चितवनका सुमित श्रेष्ठले पाएको बललाई सही दिशा दिन सकेनन् । जोनाथन क्याम्बेलको क्रसमा प्राप्त अवसरलाई गोलमा परिणत गर्न खोज्दा बायाँतर्फबाट बाहिरियो ।

२८औँ मिनेटमा पोखराका गोलकिपर प्रिसोले चितवनका भिक्टोर मन्सारेको प्रहार सअजै नियन्त्रणमा लिए । ३०औँ मिनेटमा चितवनका छिरिङ गुरुङको पासमा नीरज चौधरीले प्रहार गरेको फितलो ओभरहेड किक प्रिसोले सहजै नियन्त्रणमा लिए ।

जितसँगै दोस्रो क्वालिफायरमा स्थान बनाएको पोखराले अब फाइनल प्रवेशका निम्ति धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टिमबीचको खेल वैशाख १० गते हुनेछ । यसअघि धनगढी पहिलो क्वालिफायरमा साविक विजेता समेत रहेको ललितपुर सिटी एफसीसँग २–१ ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group