ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली गलैँचा उद्योग पुनः विश्व बजारमा स्थापित गर्न पाँचवर्षे रणनीतिक कार्ययोजना


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ६ : २५   बजे

काठमाडौं । नेपालको प्रमुख निर्यातजन्य वस्तुमध्ये एक नेपाली गलैँचा उद्योगलाई विश्व बजारमा पुनः स्थापित गर्ने उद्देश्यले सरकारले ‘गलैँचा निर्यात : राष्ट्रिय रणनीतिक कार्ययोजना २०८३–२०८८’ सार्वजनिक गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृत गरेको कार्ययोजनाले आगामी पाँच वर्षमा नेपाली गलैँचाको उत्पादन, गुणस्तर तथा निर्यात क्षमता वृद्धि गर्ने लक्ष्य राखेको छ।

७३ भन्दा बढी देशमा नेपाली गलैँचा

नेपाली गलैँचा हाल विश्वका ७३ भन्दा बढी देशमा निर्यात हुँदै आएको छ। यो नेपालको प्रमुख चार निर्यातजन्य उद्योगमध्ये एक रहेको सरकारी तथ्यांकमा उल्लेख छ।

गलैँचा उद्योगले करिब ३ लाख मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। विशेषगरी ग्रामीण क्षेत्रका महिलाका लागि यस उद्योगले रोजगारीको महत्वपूर्ण अवसर सिर्जना गरेको छ।

नेपालको कुल निर्यातमा गलैँचाको हिस्सा करिब ३ दशमलव ९ प्रतिशत रहेको छ। गलैँचा उत्पादनबाट सिर्जित कुल मूल्य अभिवृद्धिमध्ये करिब ८० प्रतिशत नेपालमै हुने गरेको बताइएको छ।

उत्पादनमा ठूलो गिरावट

सन् १९९० को दशकमा नेपालबाट वार्षिक करिब २५ लाख वर्गमिटर गलैँचा निर्यात हुने गरेकोमा अहिले यो परिमाण घटेर करिब ६ लाख वर्गमिटरमा सीमित भएको छ।

यद्यपि, प्रतिइकाइ मूल्यमा वृद्धि भएकाले निर्यातबाट प्राप्त आम्दानीमा भने केही सुधार भएको कार्ययोजनामा उल्लेख छ।

कच्चा पदार्थका लागि विदेशमा निर्भर रहनुपर्ने अवस्था, विशेषगरी तिब्बती ऊनको आयातमा निर्भरता तथा उत्पादनमा आधुनिक प्रविधिको प्रयोग न्यून हुनु यस क्षेत्रका प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ।

ढुवानी खर्चदेखि दक्ष जनशक्तिको अभावसम्म चुनौती

नेपालको भूपरिवेष्टित अवस्थाका कारण अन्तर्राष्ट्रिय बजारसम्म गलैँचा पुर्‍याउँदा ढुवानी खर्च बढी पर्ने गरेको छ। यसले नेपाली गलैँचाको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता प्रभावित भइरहेको छ।

त्यसैगरी, युवा पुस्ता श्रमप्रधान गलैँचा उद्योगबाट अन्य क्षेत्रमा तथा विदेश पलायन भइरहेकाले दक्ष जनशक्तिको अभाव बढ्दै गएको छ। यसको परिणामस्वरूप उद्योग भारतीय श्रमिकमा समेत निर्भर हुन थालेको कार्ययोजनामा उल्लेख छ।

गुणस्तर प्रमाणीकरण, वातावरणीय मापदण्ड पूरा गर्ने तथा अन्तर्राष्ट्रिय बजारको बदलिँदो मागअनुसार उत्पादन गर्न सक्ने क्षमता विकास गर्नु पनि चुनौतीका रूपमा रहेको छ।

चार मुख्य स्तम्भमा केन्द्रित रणनीति

कार्ययोजनाले नेपाली गलैँचा उद्योगको विकासका लागि उत्पादन वृद्धि, गुणस्तर सुधार, बजार विस्तार र संस्थागत सुदृढीकरणलाई चार मुख्य स्तम्भका रूपमा अघि सारेको छ।

उत्पादन प्रक्रियामा आधुनिक प्रविधिको प्रयोग, श्रमिकको सीप तथा क्षमता विकास, सामूहिक ट्रेडमार्क दर्ता, नयाँ अन्तर्राष्ट्रिय बजारको खोजी र डिजिटल मार्केटिङलाई प्राथमिकता दिइनेछ।

त्यस्तै, सरकारी तथा निजी क्षेत्रबीच समन्वय बढाउने र नयाँ प्रकारका वातावरणमैत्री उत्पादनमा जोड दिने योजना छ। अल्लो, गाँजा र केराका रेसाजस्ता वैकल्पिक प्राकृतिक रेसा प्रयोग गरी वातावरणमैत्री गलैँचा उत्पादनलाई समेत प्रोत्साहन गर्ने रणनीति कार्ययोजनामा समेटिएको छ।

संघदेखि स्थानीय तहसम्मको सहभागिता

कार्ययोजना संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रको संयुक्त प्रयासमा कार्यान्वयन गरिनेछ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्ययोजनाको नेतृत्व गर्नेछ भने अर्थ मन्त्रालय, श्रमसम्बन्धी मन्त्रालय तथा व्यापार प्रवर्द्धन केन्द्रले आवश्यक सहयोग गर्नेछन्।

नेपाल गलैँचा उत्पादक संघ र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत कार्यान्वयन साझेदारका रूपमा समेटिएको छ।

सरकारले उत्पादनदेखि बजार विस्तारसम्मका समस्या समाधान गर्दै नेपाली गलैँचालाई उच्च मूल्य, गुणस्तर र मौलिक पहिचानसहित अन्तर्राष्ट्रिय बजारमा पुनः स्थापित गर्ने लक्ष्य राखेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समानुपातिक प्रतिनिधित्व सुदृढ गर्नुपर्छ : उपराष्ट्रपति यादव

चार पटक म्याद थप्दा पनि बनेन गुल्मी अस्पताल, थप ढिलाइ स्वीकार्य छैन : मन्त्री लम्साल

सम्बन्धित

फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल बन्ने

संसद्मा पहिरनको बहस : बर्मन बुढाको भोटो–कछाडदेखि मन्त्रीको ड्रेस कोडसम्म

सुधारकेन्द्रमा ४४ वर्षीय युवकको मृत्यु, आफन्तको विरोधपछि अवस्था तनावपूर्ण

एप्पल–ओपनएआई विवाद चर्कियो, व्यापारिक रहस्य चोरीको आरोपमा मुद्दा

इसेवाको ‘श्रावण र शृङ्गार’ कार्यक्रम सम्पन्न

ग्यास अभाव हट्दै, अनावश्यक सिलिन्डर नथुपार्न उद्योग सङ्घको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu