ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यास अभाव हट्दै, अनावश्यक सिलिन्डर नथुपार्न उद्योग सङ्घको आग्रह


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ६ : १५   बजे

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको आयात बढेकाले उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर खरिद नगर्न आग्रह गरेको छ।

भारतबाट एलपी ग्यासको आयात सहज भइरहेको र उद्योगहरूले निरन्तर ग्यास रिफिलिङ गरिरहेकाले अतिरिक्त सिलिन्डर जम्मा नगर्न सङ्घले अनुरोध गरेको हो।

सङ्घका अध्यक्ष दिवानबहादुर चन्दले विज्ञप्तिमार्फत उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरे हाल देखिएको अभाव तत्कालै समाधान हुने बताएका छन्। आगामी दिनमा समेत ग्यास आपूर्तिमा समस्या नहुने भएकाले अभाव दोहोरिने सम्भावना नरहेको उनको भनाइ छ।

नेपाल आयल निगमको पहलमा भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात करिब १५ प्रतिशतले बढेको छ। निगमका अनुसार पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भएको छ।

सङ्घका अनुसार यही आधारमा चालु आर्थिक वर्षको साउनमा करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास आयात भएको थियो।

सङ्घले उपभोक्तालाई मागअनुसार ग्यास उपलब्ध गराउन हरसम्भव प्रयास भइरहेको जनाएको छ। साथै, बिक्रेताहरूलाई घरायसी उपभोक्तालाई प्राथमिकता दिँदै ग्यास बिक्री–वितरण गर्न आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चार पटक म्याद थप्दा पनि बनेन गुल्मी अस्पताल, थप ढिलाइ स्वीकार्य छैन : मन्त्री लम्साल

सुनकोसीमा हाम फालेकी तिलकुमारीको शव फेला, पति अझै बेपत्ता

सम्बन्धित

संसद्मा पहिरनको बहस : बर्मन बुढाको भोटो–कछाडदेखि मन्त्रीको ड्रेस कोडसम्म

सुधारकेन्द्रमा ४४ वर्षीय युवकको मृत्यु, आफन्तको विरोधपछि अवस्था तनावपूर्ण

एप्पल–ओपनएआई विवाद चर्कियो, व्यापारिक रहस्य चोरीको आरोपमा मुद्दा

इसेवाको ‘श्रावण र शृङ्गार’ कार्यक्रम सम्पन्न

नेपाली गलैँचा उद्योग पुनः विश्व बजारमा स्थापित गर्न पाँचवर्षे रणनीतिक कार्ययोजना

ढल्केबरमा स्वीकृत ट्रमा सेन्टर लहान सार्न खोजिएको भन्दै धनुषावासी आन्दोलित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu