ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढल्केबरमा स्वीकृत ट्रमा सेन्टर लहान सार्न खोजिएको भन्दै धनुषावासी आन्दोलित


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ६ : १५   बजे

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा स्वीकृत ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्।

ट्रमा सेन्टर निर्माणका लागि संघर्ष समिति गठन गरेर उनीहरूले चरणबद्ध आन्दोलन सुरु गरेका हुन्। समितिले गत शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललाई ज्ञापनपत्र बुझाएको थियो। आइतबार मसाल जुलुस निकाल्ने तयारी गरिएको छ।

साउन १९ गते प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशको सिरहास्थित लहानमा ट्रमा सेन्टर निर्माण गर्ने घोषणा गरेपछि ढल्केबरवासी आन्दोलित भएका हुन्।

मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महताका अनुसार ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि विगत १० वर्षदेखि पहल हुँदै आएको छ। सरकारले आर्थिक वर्ष २०७६/७७ देखि बजेट वक्तव्यमै यसलाई समेट्दै आएको र आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ मा २०–२० करोड रुपैयाँ बजेट विनियोजन भएको उनले बताए।

उनका अनुसार ट्रमा सेन्टर निर्माणका लागि माटो परीक्षण, स्थल सर्वेक्षणलगायतका काम भइसकेका छन् भने आवश्यक जग्गासमेत प्राप्त भइसकेको छ। मिथिला नगरपालिका–७, साविक ढल्केबर गाविस–२ ‘क’ स्थित कित्ता नम्बर १६९ को करिब चार बिघा जग्गा ट्रमा सेन्टरका नाममा ल्याइएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख महताले विगतमा जग्गा र अनुमति प्रक्रियाका नाममा विभिन्न अवरोध सिर्जना गरिएको आरोप लगाउँदै अहिले सबै प्रक्रिया अघि बढिसकेको अवस्थामा लहानमा निर्माण गर्ने घोषणा गरिएको बताए।

स्वास्थ्यमन्त्री मेहताले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिए पनि त्यसले स्पष्टता नदिएको मिथिला नगरपालिकाका उपप्रमुख सुनिता बुढाथोकीको भनाइ छ। उनका अनुसार मन्त्रीको स्पष्टीकरणमा लहानमा निर्माण गरेपछि क्रमशः ढल्केबरमा पनि बनाउने आशय देखिए पनि सदनबाटै स्पष्ट पार्नुपर्ने माग स्थानीयको छ।

लहानमा ट्रमा सेन्टर बनाउने विषयमा आफूहरूको विरोध नरहेको उल्लेख गर्दै उनले ढल्केबरमा पहिल्यै स्वीकृत भइसकेको आयोजना अलपत्र पार्न नहुने बताइन्।

ब्लड फोर नेपालका संस्थापक सरोजकुमार महतोले पनि संसद्मा गरिएको घोषणाको खण्डन सामाजिक सञ्जालबाट मात्र गर्नु पर्याप्त नहुने बताए। उनका अनुसार सदनबाटै वा मन्त्रीको आधिकारिक लेटरप्याडमार्फत स्पष्ट धारणा नआए आन्दोलन थप सशक्त बनाइनेछ।

मिथिला नगरपालिकाका नगरप्रमुखको नेतृत्वमा रहेको संघर्ष समितिको आन्दोलनमा स्थानीय नेता तथा जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबारबारे अभिव्यक्तिको आलोचना भएपछि सांसद हरि ढकालको स्पष्टीकरण

संविधानमा अधिकार, व्यवहारमा अझै विभेद : आदिवासी जनजातिको गुनासो

सम्बन्धित

फापरखेत पहिरोको विकल्पमा पक्की मोटरेबल पुल बन्ने

संसद्मा पहिरनको बहस : बर्मन बुढाको भोटो–कछाडदेखि मन्त्रीको ड्रेस कोडसम्म

सुधारकेन्द्रमा ४४ वर्षीय युवकको मृत्यु, आफन्तको विरोधपछि अवस्था तनावपूर्ण

एप्पल–ओपनएआई विवाद चर्कियो, व्यापारिक रहस्य चोरीको आरोपमा मुद्दा

इसेवाको ‘श्रावण र शृङ्गार’ कार्यक्रम सम्पन्न

नेपाली गलैँचा उद्योग पुनः विश्व बजारमा स्थापित गर्न पाँचवर्षे रणनीतिक कार्ययोजना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu