ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा विधेयक टुङ्गो लगाउन संसदीय समिति निरन्तर छलफलमा, शिक्षकहरुको आन्दोलन कायमै


एबीसी न्यूज
८ बैशाख २०८२, सोमबार   १० : ३५   बजे

काठमाडौं ८ बैशाख । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथि निरन्तर छलफल भइरहेको छ ।

आज पनि बिहानैदेखि छलफल भएको समिति सचिव दशरथ धमलाले जानकारी दिनुभयो । विधेयकमाथि दफाबार छलफल गर्न समितिले निश्चित समय तोकेर चैत ८ गते ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।

सबै दफामा सहमति जुटाउन ३५ दिनको समय पाएको उपसमितिसँग अब १४ दिन बाँकी छ । विधेयकमा रहेको १६३ दफामध्ये अहिलेसम्म एक सय दफामा छलफल भएको छ । तीमध्ये ८० दफामा प्रारम्भिक चरणको सहमति जुटेको छ । बाँकी दफाहरुमा छलफल भइरहेको छ । छलफल हुन बाँकी रहेका विषयहरु निकै जटिल खालका र महत्त्वपूर्ण पनि रहेकाले धेरै छलफल गर्नुपर्ने र विधेयक पारित हुन समय लाग्ने शिक्षा समितिका सचिव दशरथ धमलाले बताउनुभयो ।

सरकारले वैशाख १२ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेको छ । यही अधिवेशनमा विधेयक पेश गर्नेगरी उपसमितिले काम गर्दै आएको छ । जतिसक्दो छिटो टुङ्ग्याउने भन्दै विधेयकमाथि निरन्तर छलफल भइरहेको समितिको भनाइ छ ।

कानून निर्माण गर्ने कुरामा हतार गर्न नहुने र सबै काम संसदीय प्रक्रिया पूरा गरेर हुने भएकाले आन्दोलन गरेर मात्रै छिटो काम नहुने समितिका सचिव धमलाको भनाइ छ ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक तथा विद्यालय कर्मचारीहरु २० दिनदेखि सडक आन्दोलनमा छन् । आज पनि आन्दोलाका लागि शिक्षकहरु बिहानैदेखि माइतीघरमा जम्मा भइसकेका छन् ।

शिक्षक कर्मचारीहरूको आन्दोलनका कारण शिक्षामा गम्भीर असर परेको भन्दै अभिभावक सङ्घ नेपाल र अभिभावक महासङ्घले राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएका छन् ।

सरकारले माग पूरा गर्नको लागि सहमतिपत्र तयार पारे पनि शिक्षकहरु विश्वस्त हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group