ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकहरूले गरे परीक्षा बोर्डको बैठक बहिष्कार


एबीसी न्यूज
८ बैशाख २०८२, सोमबार   ३ : ४३   बजे

काठमाडौं ८ बैशाख । शिक्षकहरूले राष्ट्रिय परीक्षा बोर्डको बैठक बहिष्कार गरेका छन्। २० दिनदेखि सडक संघर्षमा रहेका शिक्षकहरूलाई बोर्डले आज बैठकमा बोलाएको थियो।

बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा छलफल गर्न विद्यालयका प्रधानाध्यपकहरुलाई बोलाएको थियो।

परीक्षाको केद्राध्यक्षसमेत रहेका प्रधानाध्यपकहरूलाई बैसाख ११ गतेदेखि सञ्चालन हुने तालिका रहेको कक्षा १२ को परीक्षा सञ्चालनको विषयमा छलफल गर्ने एजेन्डा तय गरेको थियो।

पदम कन्या विद्याश्रम माध्यामिक विद्यालयकी प्रधानाध्यपक रिता तिवारी बोर्डले बोलाएको बैठकमा नजाने भनेर सामूहिक निर्णय गरेको बताइन्।

‘कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बिषयमा छलफलमा बोलाएको थियो,ु तर हामीले नजाने निर्णय गर्‍यौँ,’ उनले भनिन्,ुदेशभरका शिक्षक साथीहरु काठमाडौँमा हुनुहुन्छ। कक्षा १२ को परीक्षा केही दिनपछि सर्छ होला।’
बोर्डले परीक्षा सञ्चालन हुन नसक्नेबारे अहिलेसम्म केही भनेको छैन।

वैशाख १२ सम्म सडक आन्दोलन जारी
नेपाल शिक्षक महासंघले बैसाख १२ गते सम्म आन्दोलन जारी राख्ने जनाएको छ। महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले सरकारले १३ गतेसम्म ऐन ल्याउने निर्णय गर्ने जनाएका कारण वैशाख १२ गतेसम्म सडक आन्दोलन जारी बताइन्।

ुआन्दोलन फिर्ता लियौँ भने हाम्रो माग सम्बोधन हुँदैन्। आन्दोलन जारी राख्नुको हामीसँग कुनै विकल्प पनि छैन्,ु उनले भनिन्, ु२० दिन भइसक्यो कुनै सुनुवाइ भएको छैन्।, सरकारलाई थप दबाब दिन आन्दोलन बहान ९ देखि १२ बजेसम्म गर्न थालेका छौँ। ९ बजेदेखि कार्यलय समय सुरु हुन्छ। हाम्रो आन्दोलनले सिंहदरबारका कर्मचारीले पनि थाँहा पाउन् भनेर दबाब दिन खोजेका हौँ।ु

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज बस्ने मन्त्री परिषद्को बैठकमा शिक्षकका माग सम्बोधन गर्न ७ बुँदे प्रस्ताव लैजाने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्दो विवादबीच पूर्णबहादुर खड्काको ‘सम्पूर्ण एकता’को अपिल

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu