ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाम एकता आगामी वैशाख १० गते घोषणा हुँदै


admin
९ चैत्र २०७४, शुक्रबार   ११ : ०६   बजे

काठमाडौँ, ९ चैत । नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर वैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् । स्थापनापछि पटकपटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन् । २००६ वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।

२०१९ सालबाट फुट्न थालेको कम्युनिस्ट पार्टीका दुइटा मूलधारका रूपमा एमाले र माओवादी छन् । अब दुवै दल मिल्न लागेकाले कम्युनिस्ट आन्दोलन नै एकीकृत हुने उनीहरूको तर्क छ । उक्त दिनसम्ममा एकता खाकालाई अन्तिम रूप दिन दुवै दलका कार्यदलले काम गरिरहेका छन् । ‘एकताको खाकासम्बन्धी काम सकिए दिवस नै कुर्नुपर्छ भन्ने छैन, अघि नै पनि गर्न सकिन्छ,’ एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘काम गर्दैगर्दा ढिलो भए एकता दिवससम्म पुग्न सक्छ भन्ने हो ।’

उनका अनुसार एकतासम्बन्धी संगठनात्मक संरचना र सैद्धान्तिक राजनीतिक विषयसम्बन्धी गृहकार्य गर्न गठित कार्यदलले काम अन्तिम चरणमा पुर्‍याइसकेको छ । कार्यदल सदस्यमध्ये धेरै जना मन्त्री भएकाले केही दिनयता एकतासम्बन्धी छलफल अघि बढन सकेको थिएन । तर, अब केही दिनभित्रै वाम एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउने गरी काम भइरहेको पौडेलले जानकारी दिए ।

दुई दलबीच दुवै अध्यक्षले केन्द्रको संयुक्त नेतृत्व गर्ने सहमति भइसकेको छ । एकीकृत पार्टीको सबभन्दा माथि दुई अध्यक्ष रहनेछन् । त्यसबाहेक अन्य पदाधिकारी नराख्ने तयारी छ । अध्यक्षबाहेक स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति रहनेछन् । त्यसको आकार कत्रो हुने भन्नेमा अझै स्पष्ट खाका बनेको छैन । ९९ सयभन्दा कम वा तीन सय हाराहारीको केन्द्रीय समिति बनाउने दुई विकल्प बहसमा छन् । छरितो संगठनका लागि ९९ सय सदस्यीय केन्द्रीय समिति बनाउनुपर्ने धारणा धेरै नेताको छ । तर यसो गर्दा हाल केन्द्रीय सदस्य रहेका धेरै व्यक्ति पार्टी नेतृत्वबाट बाहिरिने भएकाले ३ सय बढीको केन्द्रीय समिति बनाउनुपर्ने धारणा पनि केहीको छ ।

केन्द्रमा पार्टी एकतापछि संगठन, प्रदेश, जिल्ला हँ‘दै तल्लो तहका संरचना पनि एकीकरण गर्दै लैजाने तयारी छ । केन्द्रकै एकता विधिअनुसार अन्य कमिटी एकीकृत गर्न सजिलो हुने दुवै दलको बुझाइ छ । दुई दलबीच गत असोजमा वाम गठबन्धन बनाएर चुनाव लड्ने सहमति भएको थियो । उक्त सहमति र फागुन ७ मा भएको एकतासम्बन्धी सातबुँदे सम्झौतालाई मूल आधार बनाएर एकता प्रक्रिया अघि बढाइएको छ । सहमतिअनुसार दुवै दलले माक्र्सवाद र लेलिनवादलाई पार्टीको मूल सिद्धान्तका रूपमा अवलम्बन गर्नेछन् । हाल एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्दै आएको माओवादबारे एकता महाधिवेशनसम्म छलफल गर्दै लैजाने सम्झौतामा उल्लेख छ । दुवैले शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धालाई मूल राजनीतिक लाइन बनाउने समझदारी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group