ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्रीले बैठकै नबोलाएपछि विजयनाथ भट्टराईले छोडे गभर्नर सिफारिस समिति


एबीसी न्यूज
९ बैशाख २०८२, मंगलबार   ७ : ५९   बजे

काठमाडौं ९ बैशाख । गभर्नर सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन्।

समितिका संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले एक पटक पनि समितिको बैठक नबोलाएपछि भट्टराईले राजीनामा दिएका हुन्।

आफूले समिति छोडेको भट्टराईले नेपालखबरसँग पुष्टि गरे। गत चैत १८ गते गभर्नर सिफारिस समिति गठन भएको थियो।

बैठक नै नबसेपछि रुष्ट हुँदै आएका सदस्य भट्टराईले समितिबाट बाहिरिने निर्णय गरेका हुन्।

दुई सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरको भागबण्डा नमिल्दा समितिको बैठक बस्नसकेको छैन।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ मा सकिएको थियो। नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नर पद रिक्त हुनु १ महिनाअगावै नियुक्ति गरिसक्नुपर्छ।

तर सरकारले गभर्नर पद रिक्त हुनु ६ दिनअघि मात्र सिफारिस समिति बनाएको थियो। समिति बनाएको २१ दिन बितिसक्दा समेत संयोजक रहेका अर्थमन्त्री पौडेलले समितिको बैठक बोलाएका छैनन्। यसबीचमा समितिको बैठकमा छलफल हुनुको साटो दलहरू भागबण्डामै केन्द्रित हुनथालेपछि भट्टराई रुष्ट थिए।

यसअघि पनि उनले आफूले सदस्य नियुक्तिको पत्र पाए पनि अर्थ मन्त्रालयले एकपटक पनि छलफल नगरेको बताउँदै आएका थिए।

समितिमा उनीबाहेक अर्थविद् विश्व पौडेल पनि सदस्य छन्।

गभर्नर नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा समेत रिट परेको छ। त्यसको सुनुवाइ पनि हुनसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group