ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिस्टहरू कम्युनिस्टजस्तो नभएकै कारण आन्दोलन रक्षात्मक अवस्थामा छ – महामन्त्री सिंह


एबीसी न्यूज
१० बैशाख २०८२, बुधबार   ७ : २६   बजे

काठमाडौं १० बैशाख । नेकपा ९मसाल० का महामन्त्री मोहनविक्रम सिंहले कम्युनिस्टहरू कम्युनिस्टजस्तो नभएकै कारण नेपालको र विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताएका छन्।

सर्वहारा वर्गका नेता भ्लादिमिर इल्यिच उल्यानोभ ९लेनिन०को एक सय १५६औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा नेकपा ९मसाल० ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सिंहले सो धारणा राखेका हुन्।

महामन्त्री सिंहले कम्युनिस्टहरू वास्तविक कम्युनिस्ट हुनुपर्ने, त्यसका लागि सबैभन्दा बढी दर्शनमा जोड दिनुपर्ने धारणा राखे।

नेपालमा कम्युनिस्ट कम्युनिस्टजस्तो नरहेको बताउँदै उनले इतिहासमा केशरजङ्ग रायमाझीले राजावादी लाइन समातेजस्तै हाल सीपी मैनालीको अभिव्यक्ति त्यही प्रकारको रहेको बताए।

‘नेपालमा डा। केशरजङ्ग रायमाझीले पनि राजावादी लाइन समातिसकेपछि पनि लामो समयसम्म आफूलाई सच्चा कम्युनिस्ट भएको नै दाबी गर्दथे तर पछि उनले कम्युनिस्ट पार्टीको विघटन गरेर आफ्नो सक्कली रूप प्रदर्शन गरे’ सिंहले भने, ‘अहिले नेपालका पनि कतिपय समूहले आफूलाई कम्युनिस्ट आन्दोलनको मूलधार नै भएको दाबी गर्दछन्। उनीहरूले आफ्नो सदस्यको ठूलो सङ्ख्या सङ्गठनको ठूलो आकार वा संसद वा सत्तामा समेत महत्त्वपूर्ण स्थान भएको आधारमा त्यस प्रकारको दाबी गर्दछन् र उनीहरू त्यसरी आम जनता मात्र होइन, वामपन्थी जगत्मा पनि ठूलो भ्रम दिन सफल भएका छन्।’

सिंहले पछिल्लो समय गणतन्त्र र राष्ट्रियतामाथि समेत खतरा उत्पन्न भएको भन्दै जनआन्दोलनबाट प्राप्त उपलब्धि जोगाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको सत्तामा पुगेका कम्युनिस्ट नामका पार्टीको चिन्तन र क्रियाकलापका कारण देश यस्तो अवस्थामा पुगेका बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्दो विवादबीच पूर्णबहादुर खड्काको ‘सम्पूर्ण एकता’को अपिल

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu