ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतकाे जम्मू–काश्मीरमा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्‍याे निन्दा


एबीसी न्यूज
१० बैशाख २०८२, बुधबार   ११ : ५७   बजे

काठमाडौं १० बैशाख । छिमेकी भारतको जम्मू–काश्मीर पहलगाममा भएको आतङ्कवादी आक्रमणको नेपाल सरकारले निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर पर्यटकमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको हो । साथै मृतकका परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र एवम् पूर्ण स्वास्थ्यलाभको कामना गरिएको छ । विज्ञप्तिमा ‘दुःखको यो घडीमा नेपाल सरकार भारत र त्यहाँका नागरिकसँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ’ भनिएको छ ।

त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्रीलगायतले पनि छुट्टाछुट्टै वक्तव्यमार्फत् आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । राष्ट्रपति पौडेलले निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको हिंसात्मक कार्य पूर्णतया निन्दनीय रहेको उल्लेख गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रमणको निन्दा गर्दै आतङ्कवादविरुद्ध नेपाल भारतको साथमा रहेको जनाउनुभएको छ । उहाँले यो घटनामा एक नेपाली नागरिकले ज्यान गुमाएको सार्वजनिक रिपोर्टलाई पुष्टि गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले विवेकहीन हिंसा भन्दै कडा शब्दमा निन्दा गर्नुभएको छ । साथै घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास भइरहेको र त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने जानकारी दिनुभएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार हिजो दिउँसो भएको आक्रमणमा परी एक जना नेपालीसहित कम्तीमा २६ जनाको ज्यान गएको छ । केही नागरिक घाइते भएका छन् । ज्यान गुमाउने र घाइते भएकाहरुको सङ्ख्याबारे फरक–फरक विवरण आइरहेका छन् ।

जम्मू–कश्मीरमा पर्ने पहलगामको बैसारन ठाउँलाई ‘मिनी स्विटजरल्याण्ड’ मानिन्छ । हिजोको आक्रमणपछि साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण छोट्याएर स्वदेश फर्किनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group