ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माग्नेरहित बनाइँदै पशुपति क्षेत्र


admin
९ चैत्र २०७४, शुक्रबार   ३ : २९   बजे

काठमाडौँ, ९ चैत । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा माग्न बस्नेका कारण अनेक विकृति भित्रन थालेपछि धार्मिक क्षेत्रलाई मगन्तेरहित बनाउने अभियान शुरु भएको छ ।

पशुपति क्षेत्रमा बस्ने माग्नेका सम्बन्धमा ‘क्वीक भोलेन्टियर्स’ संस्थाको सहयोगमा अनुसन्धान गरी धार्मिक क्षेत्रबाट माग्नेलाई हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

अनुसन्धानका क्रममा पशुपति क्षेत्रमा १५२ माग्नेको अभिलेखीकरण भएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।

“माग्नेको शोधखोज गर्ने क्रममा नेपाली सेनाबाट भागेका भगौंडासमेत पशुपति क्षेत्रमा मागेर बसेको पाइयो’’ उहाँले भन्नुभयो । ओखलढुंगाका नहकुल बस्नेत सेनाबाट भागेर पशुपति क्षेत्रमा आइ मागेर बसेको भेटिएको थियो । राति गरिएको अनुगमनमा केही भद्र मानिससमेत अश्लील क्रियाकलापमा संलग्न हुनआएको रंगेहात फेला परको उहाँले बताउनुभयो ।

सेनाका भगौडा बस्नेतलाई कालीप्रसाद गणको जिम्मा लगाए पनि फेरि फर्केर उनी पशुपतिमै माग्न आइपुगेका छन् । कतिपय मानिसले माग्ने कामलाई पेशा बनाएको अध्ययनमा भेटिएको कोषले जनाएको छ ।

दिनभर पशुपति परिषरका विभिन्न स्थानमा माग्ने र राति यहाँका सत्तल, देवालय, पाटीपौवामा सुत्ने गर्दा पशुपति क्षेत्र खुला बस्ती जस्तै बनेको थियो । यसरी नियमित मागेर गुजारा गर्नेका लागि कोषले पुनःस्थापना अभियान नै शुरु गरेको छ ।

अभियानअन्तर्गत हाल ७२ जनालाई रोजगारीमा लगाइएको छ । कोषको अनुरोधमा केही मानिस पशुपति क्षेत्रमै निर्माण भइरहेको नेपाल–भारतमैत्री धर्मशालामा काम गर्न थालेका छन् ।

कतिलाई निजी संस्थामा काममा लगाइएको छ । एक दिन रातिको अनुगमनका क्रममा भष्मेश्वर घाटमा पाँच वर्षकी बालिकासहित २२ वर्षीय महिलालाई उद्धार गरी रक्षा नेपालको जिम्मा लगाइएको छ । कति बालबालिकालाई केन्द्रीय बाल कल्याण समितिको जिम्मामा पठाइएको सदस्यसचिव डा ढकालले सुनाउनुभयो ।

पशुपति क्षेत्रमा माग्न बस्नेका लागि पुस माघको जाडोले असर ग¥यो भनी एक बैंकको प्रायोजनमा ज्याकेट वितरण गरियो । दाताले वितरण गरेको ज्याकेट यहाँका माग्नेले एक हप्ता पनि लगाएनन् । एक हप्तापछि सबै ज्याकेट पशुपति क्षेत्रका कपडा पसलमा बेचेको फेला पारिएको कोषको सुरक्षा अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका गौरीशंकर पराजुलीले जानकारी दिनुभयो ।

मागेर जीवन निर्वाह गर्नेमा केही मानसिक रुपमा विक्षिप्त भएका मानिससमेत छन् । मानसिक रुपमा विक्षिप्त महिलालाई पुरुषले दुव्र्यवहार गर्ने गरेको समेत अनुसन्धानका क्रममा भेटिएको अनुसन्धाता बुद्धि कट्टेलले सुनाउनुभयो ।

बाँकी रहेका ८० माग्नेमध्ये आठजना बालबालिका र १० जना वृद्धवृद्धालाई कुमारीगालस्थित मातृभूमि सेवा आश्रममा राख्ने तयारी भएको कोषले जनाएको छ । पशुपति क्षेत्रमै रहेको महिला, बालबालिका, समाज कल्याण तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको वृद्धाश्रममा राख्न लामो प्रक्रिया पार गर्नुपर्ने भएपछि अन्यत्र राखिएको हो ।

माग्नेमध्ये कति अपांग छन् । जसलाई समाजमा पुनःस्थापना गर्न गाह्रो छ । कति क्षयरोग र क्यान्सरका बिरामी छन् । बिरामीलाई उपचारका लागि वीर अस्पताल पठाउँदा सहयोग नपाएको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu