ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले प्रतिपक्षीहरूसँग प्रतिशोध साँध्यो, माओवादी उपमहासचिव पुन


एबीसी न्यूज
१२ बैशाख २०८२, शुक्रबार   ७ : ३९   बजे

काठमाडौं १२ बैशाख । माओवादी उपमहासचिव वर्षमान पुनले गठन भएको १० महिनासम्म सरकारले बिचौलियाको संरक्षण र प्रतिपक्षी दलहरूसँग प्रतिशोध साँध्नेबाहेक केही गर्न नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । धितोपत्र बोर्ड, बिमा प्राधिकरणजस्ता नियामक निकायहरूमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्ना प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग भएको उनको भनाइ छ।

उनले सरकार बिचौलियाको हितमा काम गरिरहेको छ भनेर आफूहरूले भनेपछि ‘सरकारबाट हट्दाको छटपटी’ भन्दै आरोप लागिरहेकोप्रति आक्रोश व्यक्त गरे । उनले प्रतिपक्षी मात्र होइन, आम नेपाली नागरिकले समेत वर्तमान सरकारलाई ‘दलाल, बिचौलिया र स्वार्थ समूहको सरकार’ भन्दै आएको उल्लेख गरे ।

उनले भने, ‘१० महिनासम्म सरकारले दलाल र बिचौलियाहरूको संरक्षण र प्रतिपक्षी दल तथा नेतासँग प्रतिशोध साँध्नेबाहेक केही गरेको छैन। धितोपत्र बोर्ड, बिमा प्राधिकरणजस्ता नियामक निकायहरूमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्ना प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग छ। हामीले यो सरकार बिचौलियाको हितमा काम गरिरहेको छ भनेपछि सरकारबाट हट्दाको छटपटी भनियो। आज हामी मात्र होइन, घरघरमा, सार्वजनिक मञ्चमा र सबैतिर यो सरकार दलाल, बिचौलिया र स्वार्थ समूहको हो भनेर भनिँदैछ।’

उनले सरकार गठन भएको १० महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक नगरिनु दुःखद भएको भन्दै ‘किन गाह्रो भएको हो सरकाररु’ भन्दै प्रश्नसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group