ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा आज दुईदेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने


एबीसी न्यूज
१३ बैशाख २०८२, शनिबार   १२ : १८   बजे

काठमाडौं १३ बैशाख । आज काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँहरूमा दुईदेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले सूचना निकालेर फिडर जडान, फिडर सटडाउन, पोल स्थानान्तरण, स्विचिङ मर्मतलगायका काम गर्नका लागि विद्युत अवरूद्ध गर्नुपरेको जनाएको छ ।

प्राधिकरणले काठमाण्डौको रत्नपार्क वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गत पर्ने ठाउँहरूमा दुई घन्टादेखि आठ घन्टासम्म विद्युत नआउने जानकारी दिएको छ । यी केन्द्र अन्तरर्गत आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

त्यस्तै प्राधिकरणले एकान्तकुनाको रिङ रोडको पोल स्थानान्तरणका लागि यो फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती ठाउँहरूमा विद्युत अवरूद्ध हुने जनाएको छ ।

काठमाण्डौमा रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर, असन फिडर, महाबौद्ध फिडर, वीर हस्पिटल फिडर, नेपाल विद्युत प्राधिकरण फिडर, कमलादी फिडर, किंग्स वे फिडर, बागबजार फिडर, सिंहदरबार फिडर र नयाँ बजार फिडर अन्तर्गतका ठाउँहरूमा पनि आज विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

बबरमहल फिडर अन्तर्गत पर्ने ठाउँहरुमा आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । असन फिडर, महाबौध्द फिडर, वीर हस्पिटल फिडर र बागबजार फिडर अन्तर्गत पर्ने क्षेत्रमा पनि बिहान ८ बजेदेखि नै दिउँसो ४ बजेसम्म विद्युत काटिने छ ।

त्यसैगरी नयाँबजार फिडर अन्तर्गत पर्ने ठाउँहरुमा बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

काम तोकिएको समयभन्दा अगाडि सकिए निर्धारित समयअगाडि नै विद्युत सेवा शुरू हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनः सर्वोच्च अदालतमा

गण्डकीमा गाँजा वैधानिक, तर आफ्नै कानुन कार्यान्वयनमा प्रदेशको कमजोर रेकर्ड

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu