ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिप सडकबाट २ सय मिटर तल खस्दा ३ युवाको मृत्यु


एबीसी न्यूज
१५ बैशाख २०८२, सोमबार   ८ : ५३   बजे

काठमाडौं १५ बैशाख । पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा जिप चालकसहित दुई जना घाइते भएका प्रहरीले जनाएको छ।

गएराति रैनादेवी छहरा गाउँपालिका९१ सिद्धेश्वरमा लु ३ च २३७७ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पाल्पाकै असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको जिप आइतबार राति सवा १० बजेतिर आफैँ अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा रैनादेवी १ का ३१ वर्षीय चेतनारायण विक, ३६ वर्षीय दीपेन्द्र बुढा र २२ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लले जानकारी दिए।

दुर्घटनामा जिप चालक २७ वर्षीय रञ्जन रेश्मी मगर र २२ वर्षीय सरोज बुढा घाइते छन्। घाइतेमध्ये मगरको अवस्था गम्भीर छ।

उनीहरुको लुम्बिनी अस्पताल र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, १५औँ महाधिवेशनदेखि सरकारको १०० दिनसम्म छलफल

रास्वपाका मन्त्रीले महिनामा एकपटक घण्टीघरमा नागरिकसँग संवाद गर्नुपर्ने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu