ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हायर पर्चेज कर्जामा कडाइ, निजी प्रयोजन र विद्युतीय गाडीमा ६० प्रतिशत मात्र कर्जा दिन पाउने


एबीसी न्यूज
१६ बैशाख २०८२, मंगलबार   १० : ३९   बजे

काठमाडौं १६ बैशाख । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार हायर पर्चेज कम्पनीहरुले पनि सबै प्रयोजनका विद्युतीय गाडी र निजी प्रयोजनका व्यक्तिगत अरु गाडीमा ऋण मूल्यको अनुपात ९लोन टु भ्याल्यू रेसियो० अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० ९पाँचौं संशोधन २०८२० जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार अब हायर पर्चेज कम्पनीहरुले सबै प्रयोजनका विद्युतीय गाडी र निजी प्रयोजनका व्यक्तिगत अरु गाडीमा अधिकतम ६० प्रतिशत मात्र कर्जा प्रवाह गर्न पाउने छन् । यसअघि यस्तो ऋणमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिँदै आएको थियो ।

राष्ट्र बैंकले यो व्यवस्था संशोधन गर्दै ४० प्रतिशत अनिवार्य नगद र ६० प्रतिशत रकम भने कर्जा लिन पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरुका लागि पनि यही व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group