ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापाविरुद्धको मुद्दा न्यायाधीशद्वय मल्ल र पाण्डेयको इजलासमा


एबीसी न्यूज
१६ बैशाख २०८२, मंगलबार   १२ : २२   बजे

काठमाडौं १६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना सम्बन्धी मुद्दाको पहिलो सुनुवाइ आज हुँदै छ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेय संयुक्त इजलासमा यस मुद्दाको सुनुवाइ हुने भएको हो।

थापाविरुद्ध गएको आइतबार अदालतको अवहेलनामा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको थियो।

अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले महामन्त्री थापाविरुद्ध निवेदन दिएका हुन्।

थापाले गएको बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा ‘सर्वोच्च अदालतले ‘डिल गरिरहेको छ। हान्दिऊँ हान्दिऊँ भनिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

उनको यो अभिव्यक्ति स्वतन्त्र न्यायपालिकाको गरिमा र आस्थामा आघात पार्ने खालको रहेको दाबी गर्दै कारबाहीको मागसहित शुक्रबार निवेदन पेस भएको थियो।

थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले ‘डिल’ गरेको दाबी गर्दै भनेका थिए, ‘अहिले सम्मानीत अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयलाई दुईरतीन वर्षदेखि तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ। कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याई(नभ्याई भन्छ। कहिले भोलि हेर्ने भन्छ। त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुशासनका लागि राजनीतिक नेतृत्वमा सुधार र अनुशासन आवश्यक : हरि ढकाल

अमेरिकामा विदेशी कामदारको जागिर गुमेपछि पाइने ६० दिने ‘ग्रेस पिरियड’ हटाउने तयारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu