ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छ करोड डलरबराबरको हरित बन्ड जारी गर्न एनएमबीले गर्‍यो ३ अन्तर्राष्ट्रिय निकायसँग साझेदारी


एबीसी न्यूज
१६ बैशाख २०८२, मंगलबार   १ : १२   बजे

काठमाडौं १६ बैशाख । एनएमबी बैंकले हरित बन्ड जारी गर्न अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बीआईआई र मेटलाइफसँग साझेदारी गरेको छ।

नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलरबराबरको नेपाली रुपैयाँ अंकित हरित बन्ड जारी गर्न लागिएको हो।

यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गुणस्तरीय रोजगारी सिर्जना हुने लक्ष्य रहेको बैंकले जनाएको छ। त्यसैगरी, यसले देशको उर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको छ।

यस बन्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जा, विद्युतीय सवारी, हरित भवन तथा बायोमासजस्ता परियोजनाहरुमा लगानी विस्तार गरिनेछ।

उक्त समझदारीपत्रमा बैंकका सञ्चालक समिति अध्यक्ष मनोज कुमार गोयलले हस्ताक्षर गरेका छन्। यस प्रयासमार्फत नवीकरणीय ऊर्जालगायतका क्षेत्रहरुमा एक पारिवर्तनकारी फड्को मारिने विश्वास गरेको उनले बताए।

साथै, उनले बैंकको यस पहलले विदेशी पुँजीलाई स्वदेशमा भित्र्याई जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्न थप सहयोग पुग्ने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन प्रज्ञा–प्रतिष्ठानमा ८३ जना मनोनीत, ८ जना मन्त्रीको गृहजिल्लाबाट

नेपाल सरकारले रोकेको तिब्बती अध्ययन सम्मेलन अब ‘भर्चुअल’ हुने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu