ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वत्सलेश्वरीलाई थन्क्याइयो गुठी घरमा, जात्रा आज समापन


admin
९ चैत्र २०७४, शुक्रबार   ७ : ३४   बजे

काठमाडौँ, ९ चैत। चैत्र कृष्ण द्वादशीका दिनदेखि शुरु भएको पशुपति क्षेत्रस्थित वत्सलेश्वरी देवी जात्राको समापन आज देवीलाई गुठी घरको माथिल्लो तलामा भित्र्याएर गरिएको छ ।

चैत्र कृष्ण द्वादशीका दिन फागुन ३० गते देशोद्वार पूजा गरी जात्रा शुरु भएको थियो । वत्सलेश्वरीलाई खटमा राखेर घुमाउने जात्रा मंगलबार नै समापन भए पनि आजसम्म देवीलाई गुठी घरको भुइँतलामा पूजा एवं दर्शनका लागि राखिएको थियो ।

देवीलाई आज गुठी घरको माथिल्लो तलामा लगेपछि पुजारीबाहेक अरुले दर्शन एवं पूजा गर्न नहुने मान्यता रहेको विशेत वैकुण्ठमान श्रेष्ठले बताउनुभयो । पशुपति क्षेत्रमा मनाइने यो तान्त्रिक जात्रा भएको उहाँले सुनाउनुभयो ।

यसैगरी चैत कृष्ण चतुर्दशीका दिनदेखि उपत्यकामा हुने पाहाँ चहे जात्रा पशुपति क्षेत्रबाटै शुरु हुने गरेको छ । पशुपतिका भट्टसहितको समूहले बाजागाजासहित पश्चिम ढोकाबाट जयबागेश्वरी–पाँचगणेश–तामेश्वर–भण्डारेश्वर–ज्ञानेश्वर–नक्साल भगवती–कमलादी गणेश–अशन–सेतो मच्छेन्द्रनाथ–वसन्तपुर–लगन–पचलीभैरव–नरदेवी–क्षेत्रपाटीबाट त्यही बाटो आर्यघाट वत्सलेश्वरी आउने चलन छ ।

यसक्रममा यात्रा गरेका स्थानका मानिसलाई पनि जात्रा मनाउन अनुरोध गरेपछि उपत्यकाभर पाहाँ च¥हे जात्रा शुरु हुने पशुपतिनाथ महोत्सव समितिका उपाध्यक्ष रत्न कपाली श्रेष्ठले बताउनुभयो ।

पशुपति क्षेत्रबाट शुरु भई उपत्यकाका अन्य स्थानमा फैलिएको सांस्कृतिक परम्परालाई निरन्तरता दिन पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाले ध्यान नदिएको उहाँको गुनासो छ ।

महोत्सवकै अवसरमा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले फागुन ३० गतेदेखि नै श्रीमद्भागवत महायज्ञ गरेको थियो । भागवत्बाट संकलन भएको रकम गाई संरक्षण तथा सनातन हिन्दू जागरणका लागि उपयोग गरिने समिति संयोजक केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो ।

वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ क्षेत्रमा दुवै जात्राको अवसर पारेर स्वदेशी एवं विदेशी पर्यटक बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

महोत्सवका क्रममा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञका साथै उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय भक्ति संगीत र लोकनृत्य प्रतियोगिता, दुर्लभ धार्मिक पुस्तक प्रदर्शनी, पशुपति क्षेत्रका जात्रा मात्रा एवं मठ मन्दिरका तस्वीर प्रदर्शनीसमेत आयोजना गरियो ।

पशुपति क्षेत्रमा क्रियाशील विभिन्न धार्मिक, सामाजिक संघसंस्थाको सक्रियतामा स्थापित श्री पशुपतिनाथ ग्वल पुचः समाजलगायत संस्थाले गठन गरेको श्री पशुपतिनाथ महोत्सव मूल समारोह समितिले महोत्सव आयोजना गर्दै जात्रालाई निरन्तरता दिएको हो ।

फागुन ३० गते वत्सलेश्वरी जात्राको मुख्य दिनको अवसर पारेर महोत्सव शुरु गरिएको थियो । महोत्सव चैत ७ गते समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group