ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिआरसीको आवरणमा एमालेको नयाँ चाल


एबीसी न्यूज
२१ बैशाख २०८२, आइतबार   ८ : १४   बजे

काठमाडौं, २१ वैशाख । संविधान संसोधन सहित गर्ने मुख्य एजेण्डा लिएर सरकार गठन गरेका दुई ठुला पार्टी एमाले र काँग्रेस वीच गभर्नर नियुक्तिको विषयलाई लिएर विवाद भइरहँदा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग राजनीतिक संवाद अघि बढाएका छन्।

आइतबार साँझ ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको हो। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक विषय वस्तुा छलफल भएको भनिएपनि आएको भेटले कतै टिआरसीको आवरणमा नयाँ सत्ता गठबन्धनको प्रयासको आशंकामा हेरिएको छ ।

वाम एकताका लागि अघोषित रुपमा प्रयासरत पार्टीका उपमहासचिव वर्षमान पुनलाई साथमा लिएर प्रचण्ड प्रधानमन्त्री ओली भेट्न पुग्नुलेपनि शंकालाई थप पुष्टि गर्छ । वाम एकताको पक्षमा एमालेको सक्रिय राजनीतिमा आउने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि चिनियाँ सद्भावसहित प्रयासरत छिन्। प्रधानमन्त्रीका तर्फबाट उनका विश्वासपात्र एवं हाल संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकारको भूमिकामा रहेका अग्नि खरेल सहभागी छन्। सिंहदरबारमा भएको भेटमा ओलीले प्रचण्डलाई महत्व दिएको देखिन्छ। उनी प्रधानमन्त्री सधै प्रधानमन्त्रीको कुर्सी नछोड्ने ओली आज कुर्सी छाडेर सगैसँग तल प्रचण्डसगै बसेका छन्।

कांग्रेससँगको सत्ता गठबन्धन नै धरमराउने अवस्था बनेपछि ओली गभर्नर कांग्रेस अनुकूलको व्यक्तिलाई बनाउन तयार भएका थिए। तर सिफारिस समितिमा रहेका व्यवसायिक छविका पूर्व गभर्नर विजयनाथ भट्टराईले समितिकै स्वायत्ततामाथि प्रश्न उठाउँदै राजीनामा दिएपछि सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सिफारिस समितिको सदस्य बनाएको छ। वैशाख १७ गतेको मन्त्रिपरिषदले अधिकारीलाई नियुक्त गरेको हो। सिफारिस समितिका तीनमध्ये राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। विश्व पौडेल बाहेक अध्यमन्त्री विष्णु पौडेल र अधिकारी ओलीको विश्वासका पात्र हुन्।

अधिकारी समितिमा थपिएपछि सिफारिस समिति एमालेको पकडमा गएको छ भने अर्कोतर्फ कांग्रेसले गभर्नर बनाउन चाहेका राष्ट्र बैंककै निर्देशक गुणाकर भट्टको राजीनमा स्वीकृत भएको छैन जसले कांग्रेसलाई झस्काएको छ।

अर्कोतर्फ ओली नेतृत्वको सरकारप्रति कांग्रेसभित्र असन्तुष्टि चुलिदै गएको छ। महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै चर्को आलोचना गर्दै आएका छन्। कांग्रेसको ठूलो हिस्साबाट आफू सहभागी सरकारको निरन्तर आलोचना भएबाट प्रधानमन्त्री ओली सन्तुष्ट नरहेको उनका सार्वजनिक अभिव्यक्तिले नै देखाउँछ। त्यस्तै ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि संवाद अघि बढाएका छन्। ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाल बालुवाटार नै पुगेपछि दुई पार्टीबीचको तिक्तता घटेको छ भने भित्रभित्रै संवादको थालनीसमेत भइरहेको एक स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group