ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा दक्षिण एसियाली कलाकारहरुको आवासीय प्रदर्शनी


एबीसी न्यूज
२३ बैशाख २०८२, मंगलबार   ५ : २२   बजे

काठमाडौं, २३ वैशाख । पाकिस्तानमा दक्षिण एसियाली कलाकारहरुको एक महिना लामो आवासीय प्रदर्शनी शुरु भएको छ । पाकिस्तान नेशनल काउन्सिल अफ आट्र्सले आयोजना गरेको प्रदर्शनीमा नेपाल र माल्दिभ्सका कलाकारहरू सहभागी छन् ।

उनीहरुले पाकिस्तानका विभिन्न स्थानमा एक महिना लामो सांस्कृतिक सिर्जनाहरु प्रस्तुत गर्नेछन् । हिजो राजधानी इस्लामाबादमा भएको प्रदर्शनीको औपचारिक उद्घाटन समारोहमा पाकिस्तानका लागि नेपाली राजदूत रिता धिताललगायत फिलिपिन्स, माल्दिभ्सका राजदूतहरु उपस्थित थिए । त्यसैगरी चिनियाँ दूतावासका सांस्कृतिक सहचारीलगायत पाकिस्तानी विदेश मन्त्रालयका अधिकारीहरुको उपस्थिति रहेको बताइन्छ ।

उनीहरुले लाहोर, तटीय शहर कराँची र उत्तरी स्कार्दुमा आफ्ना सिर्जना प्रस्तुत गर्दैछन् । सहभागी नेपाली कलाकार विधाता केसीले भनिन्, ‘सबैभन्दा अद्भूत अनुभवहरूमध्ये पाकिस्तान मेरो लागि सँधै प्रेरणाको स्रोत बनेको छ । पाकिस्तान कलात्मक सम्पदाले समृद्ध छ । सौन्दर्यरुपी कलाले मलाई निकै उत्प्रेरित गरिरहेको छ ।’ कार्यक्रममा अन्य कलाकारले पनि आफ्ना धारणा राखेका थिए ।

दक्षिण एसियाली कलाकार आवासाीय कार्यक्रम नेपालस्थित पाकिस्तानी दूतावास, माल्दिभ्सस्थित पाकिस्तान उच्चायोग र पाकिस्तानको परराष्ट्र मन्त्रालयको सहकार्यमा आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४.२ केजी सिलिन्डरमा फर्किएपछि देखिएको ग्यास अभाव घट्दै

५जी सुरु गर्न टेलिकम कम्पनीलाई प्राधिकरणको निर्देशन, लगानीमा भने अन्योल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu