काठमाडौ, १५ साउन । स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–१९ को मतदान पुनः गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथिको सुनुवाइ आज फेरि हुँदैछ ।
बिहीबार नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । यस्तै, सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथि पनि आज सुनुवाई हुँदैछ ।
न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलासले बिहीबार सुनुवाइ हुँदाहुँदै नभ्याएपछि हेर्दाहेर्दैमा आजका लागि राखेको थियो ।
प्रतिक्रिया दिनुहोस्