ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा दुई किशोर बेपत्ता, खोजी गर्दै सशस्त्रको गोताखोर


abc news
२७ बैशाख २०८२, शनिबार   २ : ५६   बजे

काठमाडौ २७ बैशाख । कर्णाली नदीमा पौडी खेल्ने क्रममा कालीकोट र दैलेख जिल्लामा गरी दुई किशोर बेपत्ता भएका छन्।

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ स्थित कर्णाली नदीमा सोही जिल्लाको नरहरी गाउँपालिका–१ कोटवारी बस्ने १६ वर्षका बिराज विष्ट वैशाख २६ गते नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भए हुन्।

यस्तै, दैलेख जिल्लाको चामुण्डविन्दासैनी नगरपालिका–९ स्थित कर्णाली नदीमा अर्का अन्दाजी १६ वर्षीय भुवन सार्की पनि बेपत्ता भएका छन्।

बेपत्ता किशोरहरूको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ।

बेपत्ता भएका विराज विष्टबारे सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोटलाई जानकारी गराएपछि सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ५ जना गोताखोरसहितको टोली खटिएको छ।

सो टोलीले आजै घटनास्थल पुगी उनको खोजीकार्य गर्नेछ।

यस्तै, कर्णाली नदीमा पोडी खेल्ने क्रममा वैशाख २६ गते नै भुवन सार्की बेपत्ता भएको जनाकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल जलविद्युत आयोजना सुरक्षा बेश डावबाट उनको खोजीकार्यको लागि सुरक्षाकर्मी खटिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बेपत्ता उनको २६ गते साँझसम्म खोजीकार्य गर्दा फेला नपरेपछि सो टोलीले आज पनि खोजीकार्य जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group