ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डजी के बोल्दै हुनुहुन्छ ? भन्दै शंकर पोखरेलले १२ बुँदामा पेश गरे ओली सरकारका उपलब्धि


abc news
२८ बैशाख २०८२, आइतबार   १२ : ५०   बजे

काठमाडौ २८ बैशाख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा सत्ता नहुँदाको पीडा र छटपटी बढेको भन्दै सरकारका उपलब्धिहरू सार्वजनिक गरेका छन् ।

प्रचण्डले ‘सरकार डरले रुझेको बिरालो जस्तै बनेको’ भन्दै दिएको अभिव्यक्तिको जवाफ दिँदै उनले सरकारका १२ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन् ।

‘प्रचण्डजी, के बोल्दै हुनुहुन्छ ?’ भनेर प्रश्न गर्दै उनले आर्थिक, पूर्वाधार, कानूनी सुधारदेखि सरकारको स्थायित्वसम्मका विषय उठाउँदै, ओली सरकारको कार्यकालमा ‘उल्लेख्य प्रगति’ भएको दाबी गरेका छन्।

पोखरेलको नजरमा ओली सरकारका उपलब्धि

राजश्वमा उल्लेख्य वृद्धि भएको छ ।

विदेशी मुद्राको सञ्चिति बढेको छ ।

सोधनान्तर स्थितिमा उल्लेख्य बचत छ ।

निर्माण व्यावसायीलाई काम बापतको भुक्तानी प्रदान गरिएको छ ।

निर्माण ठप्प रहेका ठुला आयोजनाहरूको काममा तीव्रता आएको छ । जस्तो पोखरा(मुग्लिङ सडक, गैँडाकोट(बुटवल सडक आदी ।

भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ ।

बैङ्कको तरलता वृद्धि भएको छ । ब्याजदर घटेको छ । लगानी वृद्धि हुन थालेको छ ।

कानून निर्माणको कामले तीव्रता पाएको छ ।

कानूनी सुधारको प्रक्रियाबाट लगानी योग्य वातावरण तयार भएको छ ।

क़ानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ ।

भूमि समस्याको समाधानको प्रक्रिया अघि बढेको छ ।

सरकारको स्थायित्वको आधार तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group