ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको समृद्धिका लागि सहयोग आवश्यक : मुख्यमन्त्री राई


admin
१० चैत्र २०७४, शनिबार   १ : २२   बजे

विराटनगर, १० चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रलाई सबल, समृद्ध र सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ । 


लायन्स क्लब डिष्ट्रिक ३२५ ‘ए’ वनको छैटौँ वार्षिक सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकको आर्थिक विकास र जनताको समृद्धिका लागि लायन्स क्लबको सहभागिता र सुझाव आवश्यक रहेका छ भन्नुभयो ।

मुख्यमन्त्री राईले जनताले आफ्नो हातले लेखेको संविधानबाट आफ्नो अधिकार सुनिश्चित गरेको बताउनुभयो । उहाँले मुलुक संघीय संरचनामा गई तीन तहको सरकारको गठन भइसकेकाले स्थानीय सरकारले शान्ति, सुशासन, स्थानीय विकास र समृद्धिको बाटो तय गरेका छ भन्नुभयो ।

मुख्यमन्त्री राईले देश हिजो लामो संक्रमणमा गुज्रेकामा अहिले राजनीतिक स्थायित्व कायम भई नयाँ युगमा प्रवेश गरेसँगै विकासका पूर्वाधार र आर्थिक उन्नतिका कार्यमा सहयोग पु¥याउन लायन्स क्लबको सहयोग आवश्यक रहेको औँल्याउनुभयो । उहाँले लायन्स क्लबले सामाजिक उत्तरदायित्व बोध भई नयाँ उचाइमा सामाजिक कार्य र भाइचाराको सम्बन्ध कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

लायन्स डिष्ट्रिक गर्भनर लिलाकुमार ढुंगेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न लायन्स डिष्ट्रिकका सदस्यलाई सम्मान गरिएको थियो । एकदिने वार्षिक सम्मेलनमा डिष्ट्रिक ३२५ ‘ए’ वनका काठमाडौँदेखि मेचीसम्मका एक हजार २०० लायन्स सदस्यको सहभागिता रहेको लायन रोशन खडकाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group