ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले दियाे ‘सगरमाथा संवाद’ का लागि १५ वटा विद्युतीय गाडी


abc news
२८ बैशाख २०८२, आइतबार   ५ : १४   बजे

काठमाडौ २८ बैशाख । मित्रता र सद्भावनाको एक महत्वपूर्ण सङकेतको रुपमा नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले आज नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गर्नुभयो । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने विषयमा यही जेठ २–४ गतेसम्म काठमाडौंमा हुन लागेको ‘सगरमाथा सम्वाद’ को पहिलो संस्करणको प्रभावकारी आयोजनालाई सहजीकरण गर्न नेपाल सरकारलाई लजिस्टिक सहयोगको लागि भारतको तर्फबाट उपहारस्वरुप यी सवारी साधन प्रदान गरिएको हो ।
२। नेपाल सरकारको आग्रहमा हस्तान्तरण गरिएका यी सवारी साधनहरु सम्वाद सञ्चालनका लागि लजिस्टिक व्यवस्थालाई थप बढाउन उपयोगी साबित हुनेछन् ।
३। हस्तान्तरण समारोहमा बोल्दै राजदूतले यी सवारी साधनहरुले सम्वादको समयमा अतिथि र अधिकारीहरुको आवागमनलाई सहज बनाउन मद्दत गर्ने कुरा उल्लेख गर्नुभयो । वहाँले सन् २०२२ मा संघीय र प्रदेश सभा निर्वाचन सञ्चालनका लागि भारत सरकारले कानून कार्यान्वयन गर्ने निकायहरु र नेपाल निर्वाचन आयोगलाई प्रदान गरेको यस्तै लजिस्टिक सहयोगको स्मरण गर्नुभयो । वहाँले सम्वादका लागि नेपाल सरकार र जनतालाई शुभकामना व्यक्त गर्नुभयो र पारस्परिक प्रगति र विकासलाई प्रवद्र्धन गर्न नेपालसँग साझेदारी गर्ने भारतको निरन्तर प्रतिबद्धतामाथि जोड दिनुभयो ।
४। नेपाल सरकारको तर्फबाट सवारी साधनहरु ग्रहण गर्दै माननीय परराष्ट्रमन्त्रीले सम्वादको आयोजनालाई सहजीकरण गर्न भारतले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो । वहाँले भारतको भूमिकालाई नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विकास साझेदारहरुमध्ये एकको रुपमा स्वीकार गर्नुभयो ।
५। भारत र नेपालबीच बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुवै देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्छ । यस्ता लजिस्टिक व्यवस्थाको विस्तारले जनता–जनताबीचको सम्बन्धको विस्तारमा योगदान पुर्‍याउन भारत सरकारले गरेको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group